जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि विभिन्न महत्वपूर्ण निर्णयहरु गरी नेपाल मजदुर किसान पार्टीको २६ औं केन्द्रीय परिषद् सोमबार सम्पन्न भयो ।
परिषद्ले पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)को संयोजकत्वमा ६ सदस्यीय स्थानीय निर्वाचन घोषणापत्र–२०७४ तयारी समिति गठन गरेको छ ।
पार्टीले उठाएको उम्मेदवारको विरुद्ध कुनै पार्टी कार्यकर्ताले उम्मेदवारी दिएमा, विरोधी उम्मेदवारको प्रस्तावक वा समर्थक बसेमा, विरोधी उम्मेदवारहरुसित मिलेर पार्टीका उम्मेदवारहरुलाई कमजोर पार्ने उद्देश्यले कुनै काम गरेमा त्यस्ता कार्यकर्ताहरलाई विधानवमोजिम कडा कार्वाही गर्न सबै जिल्ला समितिहरुलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।
साथै पार्टी अध्यक्ष रोहितकै अध्यक्षतामा पार्टीका केन्द्रीय सल्लाहकारहरु, केन्द्रीय सदस्यहरु, जनवर्गीय संगठनका अध्यक्ष वा संयोजकहरु, पेशागत संगठनका प्रमुखहरु सदस्य रहने गरी स्थानीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । परिषद्ले सातै वटा प्रदेशहरुमा निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्यहरुको संयोजकत्वमा तयारी समितिहरु गठन गरेको छ ।
पार्टी परिषद्ले सम्पूर्ण पार्टी, जनवर्गीय संगठन र पेशागत संगठनहरुलाई निर्वाचन अवधिभर आफ्ना सबै गतिविधिहरु निर्वाचनमा केन्द्रित गर्न निर्देशन जारी गरेको छ । पार्टीले उठाएको उम्मेदवारको विरुद्ध कुनै पार्टी कार्यकर्ताले उम्मेदवारी दिएमा, विरोधी उम्मेदवारको प्रस्तावक वा समर्थक बसेमा, विरोधी उम्मेदवारहरुसित मिलेर पार्टीका उम्मेदवारहरुलाई कमजोर पार्ने उद्देश्यले कुनै काम गरेमा त्यस्ता कार्यकर्ताहरलाई विधानवमोजिम कडा कार्वाही गर्न सबै जिल्ला समितिहरुलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।
निर्वाचनका लागि स्थानीय स्तरसम्म निर्वाचन परिचालन समिति गठन गर्ने पनि परिषद्ले निर्णय गरेको छ ।
पार्टी परिषद्ले नेमकिपाका केन्द्रीय सचिव सुनिल प्रजापतिले प्रस्तुत गर्नुभएको प्रतिवेदन र पार्टी विदेश सम्बन्ध विभागका प्रमुख प्रेम सुवालले प्रस्तुत गर्नुभएको राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्तावहरु सर्वसहमतिले पारित गरेको छ ।
परिषद्मा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले विभिन्न समसामयिक विषय र संगठन बिस्तारसम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
परिषद् शनिबारबाट आरम्भ भएको थियो ।
Leave a Reply