भर्खरै :

चीन–अमेरिका व्यापार युद्धसम्बन्धी चीनको पहिलो श्वेतपत्र – १२

खण्ड – ६ ः चीनको अडान
आर्थिक भू–मण्डलीकरण समयले चलाएको प्रचलन हो र शान्ति र विकासको सम्पूर्ण मानिसहरूको साझा अनुभूति हो । यस्तो अवस्थामा यदि कसैले अहिले संसारका समस्या र आफ्नो आन्तरिक विकासका समस्याहरूको कारण व्यापारिक भूमण्डलीकरणलाई दोष दिन्छ र व्यापार र लगानीमा संरक्षणवाद अपनाएर विश्व अर्थतन्त्रलाई इतिहासमा जस्तै एकलकाँटे प्रवृत्तिमा लग्न खोज्छ भने त्यो ऐतिहासिक धारको विपरीत हुनेछ । चीन–अमेरिकाको आर्थिक तथा व्यापारिक सम्बन्धले दुई देशका जनताको भलाइका लागि मात्र नभई विश्व शान्ति, समृद्धि र स्थायित्वको लागि अति आवश्यक छ । सहकार्य नै मात्र चीन र अमेरिकाको लागि सही उपाय हो र दुईपक्षीय जीतको अवधारणाले मात्र उन्नत भविष्यतिर दो¥याउने छ । चीनको अडान स्पष्ट, अविचलित र स्थिर छ ।
१. चीन आफ्नो राष्ट्रिय प्रतिस्था र प्रमुख चासोको विषयमा दृढ निश्चयी छ
चीनको सरकार र जनता अमेरिकासँग व्यापारिक साझेदारी बढाउन र गहिरो सम्बन्ध विकास गर्ने कुरामा आशावादी छ । चीन व्यापार युद्धको पक्षमा छैन तर योसँग डराएको भने होइन र आवश्यक परेमा त्यस्तो युद्ध लड्ने छ । हामीलाई संरक्षणवाद, एकाधिकारवाद र प्रभूत्ववादको विरोध गर्ने विश्वका सबै देशहरूको समर्थन छ । हामीसँग सबैखाले खतरा र चुनौतीहरूको सामना गर्ने क्षमता, विश्वास र समाधानका उपायहरू छन् । कुनै पनि बाह्य शक्तिले चीनको विकासलाई रोक्ने छैन । साथसाथै, सबैभन्दा असर परेका चिनियाँ कम्पनि र क्षेत्रहरूले आवश्यकताअनुसार सहायता पाउने छन् ।
द्रुतगतिमा विकास भइरहेको चीन–अमेरिका व्यापार सम्बन्धका कारण आएका समस्याहरू र विवादहरूलाई सकारात्मक र सहकार्य गर्ने सोच र व्यवहारको अवधारणाबाट दुईपक्षीय सरसल्लाह वा विश्व व्यापार सङ्घ (WTO) को विवाद समाधान प्रावधानअनुरूप दुवै पक्षलाई मान्य हुने गरी समाधान गरिनुपर्दछ । चीनले वार्ताको लागि ढोका खुला राखेको छ तर एकले एर्काको सम्मान गर्ने, बराबरीको सिद्धान्तअनुरूप जवाफदेहिता रहेमा मात्र वार्ता सम्भव हुनेछ । करवृद्धिको त्रास र चीनले आफ्नो विकास गर्न पाउने अधिकारको मूल्य तिर्नुपर्ने गरी वार्ता भने हुनसक्दैन । हामी विश्वस्त छौँ कि अमेरिकाको परिपक्व राजनैतिक नेतृत्व पुनः यथार्थलाई बुझ्ने छ र चीन–अमेरिकाको आर्थिक तथा व्यापारीक वस्तुगत र व्यापक ढङ्गले प्रकाश पार्ने छ र खोटपूर्ण व्यवहारलाई समयमै सच्याएर दुई देशबीचको व्यापारिक विवाद समाधान गर्न सही दिशा दिने सबै प्रयासहरूलाई मूर्त रूप दिने छ ।
२. चीन, चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धलाई दरिलोरूपले विकास गर्न पूर्ण प्रतिबद्ध छ
अमेरिका र चीन संसारका दुई ठूला अर्थतन्त्रहरू हुन् । यी दुईबीचको व्यापारिक विवादलाई सहीरूपले समाधान गरिनुपर्दछ किनभने यसमा विश्व अर्थतन्त्रको स्थायित्व र सम्पन्नता तथा विश्व शान्ति र विकास निहित छ । चीन र अमेरिकाको सहकार्यबाट दुवै देशलाई फाइदा छ जबकि विवादका कारण कसैलाई पनि राम्रो गर्दैन । चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध स्थिर र दरिलो तरिकाले विकास होस् भन्ने दुवै देशका जनताको चाहना हुनुका साथै संसारभरीका जनताको साझा आकाङ्क्षा हो र अन्तर्राष्ट्रिय क्षेत्रले पनि हामीबाट राखेको इच्छा यही हो । चीन अमेरिकासँग यही दिशामा सहकार्य गर्ने चाहना राख्दै एकआपसमा आदरको भावना र दुवै जित्ने खालको सहकार्य, आर्थिक र व्यापारिक सहकार्य, आर्थिक र व्यापारिक भिन्नता व्यवस्थित गर्ने तथा चीन–अमेरिकाको नयाँ आर्थिक तथा व्यापारिक सम्बन्ध बनाउन जोडडार प्रयास गर्दछ जो सन्तुलित, समावेशी र आपसी हितमा आधारित होस् किनभने दुवै जनताले लाभ लिन सकून् । बराबरीको सिद्धान्त र आपसी हितलाई सम्मान गर्ने अवस्थामा चीन अमेरिकासँग दुईपक्षीय लगानी सन्धि गर्न तथा दुईपक्षीय विदेशी व्यापार सम्झौता (FTA) को लागि उपयुक्त समयमा फेरि वार्ता थाल्न तयार छ ।
३. चीन बहुपक्षीय व्यापार प्रणालीलाई अझ व्यवस्थित तथा सुधार गर्न प्रतीज्ञामा दृढ छ
विश्व व्यापार सङ्गठनको मूल अवधारणामा आधारित बहुपक्षीय व्यापारिक प्रणाली अन्तर्राष्ट्रिय व्यापारको कोशेढुङ्गा हो । यो विश्व व्यापारको व्यवस्थित विकासको मेरुदण्ड हो । चीन खुला, पारदर्र्शी, समावेशी र भेदभावरहित बहुपक्षीय व्यापार प्रणालीको पक्षमा छ र विश्वव्यापारको तथ्याङ्क व्यवस्थालाई विश्वव्यापी मूल्य सृङ्खला र मूल्य अभिवृद्धिका आधारमा सुधारको पक्षमा छ । चीन विश्व व्यापार सङ्घको सुधारको पक्षमा छ भने एकाधिकारवाद र संरक्षणवादको कडा विरोध गर्दछ । खुला, एकीकृत र दुईपक्षीय जीतसहितको विकासको लक्षप्राप्तिको लागि प्रतिबद्ध रहँदै चीन खुला विश्व अर्थतन्त्रको निर्माणका लागि G20, APEC लगायत बहुपक्षीय संरचनाहरूसँग सहकार्य गरिरहेको तथा व्यापार तथा लगानीको स्वतन्त्र तथा सुविधाको प्रवद्र्धन गर्दै आर्थिक विश्व व्यापीकरणलाई अझ खुला, समावेशी, सन्तुलित र सबैलाई फाइदाजनक बनाउन चाहन्छ ।
४. चीन सम्पत्तिको अधिकार र बौद्धिक सम्पत्ति अधिकारको रक्षाका लागि प्रतिबद्ध छ ।
चीनले बौद्धिक सम्पत्तिको अधिकारलाई अत्यन्त महत्वका साथ लिएको छ र सम्पत्तिको अधिकारको रक्षा व्यवस्थाको सुधारका प्रयासहरूमा यसले महत्वपूर्ण भूमिका खेल्दछ । चीनले बौद्धिक अधिकारसम्बन्धी ऐनकानुनहरूलाई सुधार गरिरहने छ भने बौद्धिक अधिकारसम्बन्धी समीक्षाहरूको कार्यकुशलता र गुणस्तरलाई वृद्धि गर्दै जानीबुझी गरिएका अन्तर्राष्ट्रिय बौद्धिक अधिकार उल्लङ्घनको लागि क्षतिपूर्ति दिन कानुन उल्लङ्घनको मोल बढाउन कानुनको व्यवस्था गर्ने छ । चीनले कानुनसम्मत वैदेशिक व्यापार सम्बन्धित बौद्धिक सम्पत्तिको अधिकारको कानुनबमोजिम कडा रक्षा गर्दछ । चिनियाँ अदालतले बौद्धिक सम्पत्ति अधिकार मुद्दाहरूका प्रमाणहरूसम्बन्धी नियमहरूमा सुधार गर्दै जाने छ, बौद्धिक सम्पति अधिकारको मूल्य मान्यता झल्किने खालको क्षतिपूर्ति व्यवस्थापन प्रणाली स्थापना गर्ने छ, बौद्धिक सम्पत्ति अधिकारको अदालती व्यवस्थालाई सुदृढ गर्ने छ, राष्ट्रिय स्तरमा बौद्धिक सम्पत्ति अधिकार अपील प्रणाली (Appeal mechanism) निर्माणलाई अगाडि बढाउनेछ र बौद्धिक सम्पति अधिकारसम्बन्धी न्याय प्रणालीलाई आधुनिककीरण गरेर क्षमता वृद्धि गरी छरितो बनाउने छ । चीनले अरु देशहरूसँग बौद्धिक सम्पत्ति अधिकारको रक्षाका लागि सहकार्य गर्नेछ र चीनको पनि बौद्धिक अधिकार रक्षाका लागि सबै देशहरूले साथ दिने छन् । चीन बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी विवादहरू कानुनी तरिकाले गर्नु सुल्झाउनुपर्छ भन्ने पक्षमा छ र बौद्धिक सम्पत्तिको अधिकारको नाममा कुनै पनि देशले गर्ने व्यापारिक संरक्षणवादको विरोध गर्दछ ।
५. चीन वैदेशिक व्यापारहरूको कानुनसम्मत अधिकार र रूचिहरूलाई संरक्षण गर्न प्रतिज्ञामा दृढ छ
चीन सुदृढ व्यापारिक वातावरण निर्माण गर्न र चीनमा कार्यरत सबै देशका वैदेशिक व्यापारी तथा लगानीकर्ताहरूलाई उच्चस्तरको सेवा सुविधा प्रदान गर्न वैदेशिक व्यापारसम्बन्धी खुला र पारदर्र्शी कानुनी व्यवस्था निर्माण गर्न प्रतिबद्ध छ  । चीन अन्तर्राष्ट्रिय व्यापारका अभ्यासहरूलाई सम्मान गर्दछ, विश्व व्यापार सङ्घका नियमहरू राम्ररी बुझ्दछ र चीनभित्र दर्ता भएका सबै व्यापारिक संस्थाहरूप्रति समान व्यवहार गर्दछ । चीन विदेशी व्यापारिक संस्थाहरू लगायतमा सबै बजारका अङ्गहरूलाई विभिन्न खालका सहकार्यहरू गर्न उत्साहित गर्दछ भने बजारमा सबैलाई समान अवसर सृजना गर्न पनि प्रतिबद्ध छ । चीन सरकार विदेशी लगानीकर्ताहरूको कानुनसम्मत सरोकारहरूको विषयमा गम्भीररूपमा ध्यानाकृष्ट छ र विशेष सरोकारका विषयहरूलाई प्रतिक्रिया तथा समाधान गर्न पनि तयार छ । चीनले विदेशी व्यापारीहरू तथा लगानीकर्ताहरूको कानुनसम्मत अधिकार तथा सरोकारहरूको रक्षा गर्ने छ भने तिनीहरूको कानुनसम्मत अधिकारहरू हनन हुन नदिन चीनको कानुनबमोजिम कडा तरिका अपनाउने छ ।
६. चीन सुधारको नीतिलाई अझ गहिरो र खुलापनको नीतिलाई अझ फराकिलो बनाउन दृढता व्यक्त गर्दछ ।
सुधार र खुलापनको नीति चीनको मौलिक नीति हो र चीनको विकासको लागि यो आधारभूत शक्ति हो । चीनले यो बाटो परिवर्तन गर्दैन बरू गहिरो ढङ्गले सुधार गर्दै जाने छ । चीनले संसारको लागि आफ्नो ढोका बन्द गर्दैन बरू झन बढी फराकिलो बनाउँदै जान्छ । बनेका योजनाहरू र लिइएको गतिका आधारमा चीन सुधारको नीतिलाई अझ गहिरो र खुलापनको नीतिलाई अझ फराकिलो गर्दै जान प्रतिबद्ध छ, कानुनी राज्यको अवधारणालाई अझ स्थापित गर्दै जाने तथा कानुनी राज्यमा आधारित समाजवादी देशको निर्माण गर्न प्रतिबद्ध छ । स्रोतहरूको व्यवस्थापनमा बजारको मुख्य भूमिका बजार हुने छ र सरकारले प्रतिस्पर्धाको वातारणलाई प्रोत्साहन दिन र एकाधिकारलाई निरुत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । अरु देशहरूझैँ चीनको पनि आफ्नो राष्ट्रिय यथार्थ र परिस्थिति सुहाउँदो विकासको बाटो तय गर्ने तथा आर्थिक मोडल छान्ने अधिकार छ । एउटा विकासशील देश भएको नाताले चीन आफैँमा पूर्ण छैन तर आधुनिक अनुभवहरू बटुल्दै छ र आफ्नो व्यवस्थापन, संस्थाहरू तथा नीतिनियमहरू सुधार तथा खुलापनको आधारमा अझ सुदृढ गर्दै छ । चीनले आफ्नो आन्तरिक मामिलाहरू आफँै राम्ररी व्यवस्थापन गर्ने छ, नवीनतम विकास रणनीतिलाई लागू गर्ने छ, अर्थ व्यवस्थाको आधुनिकीकरणको गतिलाई तिव्रता दिनेछ र उच्च गुणस्तरको आर्थिक विकासलाई हासिल गर्नेछ । चीन आफ्नो विकासबाट प्राप्त गरेका अवसरहरूलाई अरु देशहरूसँग पनि बाँड्न चाहन्छ । चीनले व्यापार र लगानि स्वतन्त्रता तथा सहुलियतको प्रवद्र्धनका लागि उच्चस्तरको नीति नियमहरूलाई अँगाल्नेछ, स्थापनापूर्वका विदेशी लगानीहरूलाई राष्ट्रिय पँुजीसरहको मान्यता दिने तथा लगानी निषेध क्षेत्रहरूको व्यवस्थालाई देशभर कार्यान्वयन गर्ने हुँदा बजारमा सहज पहुँच र सेवा क्षेत्र बढी खुला हुने, कर कटौति बढ्ने, पारदर्शिता निर्माण हुने तथा स्वच्छ र सक्षम व्यापारको वातावरण बन्ने, माथिल्लो स्तरको खुला अर्थतन्त्रको विकास हुने र आकर्षक लगानीको वातावरण बन्नेछ । यसरी चीनले आफ्नो विकास र समृद्धिलाई सबै प्रगति चाहने देशहरूसँग बाँड्ने छ ।
७. चीन अरु विकसित र विकासशील देशहरूसँग दुईपक्षीय फाइदामा आधारित सहकार्य गर्न प्रतिबद्ध छ
चीनले चीन–युरोपियन युनियन लगानी सम्झौता विषयको वार्तामा शीघ्र प्रारम्भिक सहमतिको लागि तत्पर छ र यसको आधारमा चीन–युरोपियन युनियन वैदेशिक व्यापार सम्झौतालाई छलफलको लागि प्रस्तुत गर्दछ । चीन चीन–जापान–गणतन्त्र कोरिया स्वतन्त्र व्यापार क्षेत्रबारे सहमतिको लागि जोड दिने छ र व्यापक क्षेत्रीय आर्थिक साझेदारी (\Regional Comprehensive Economic Partnership-RCEP) को विषयमा प्रारम्भिक निष्कर्षको लागि पनि कार्यरत छ । चीनले क्षेत्र र मार्ग (Belt and Road Initiative-BRI) को अवधारणाअनुरूप गहिरो सहकार्यलाई प्रोत्साहन गर्दै सर–सल्लाह, सहकार्य र सबैको लागि फाइदाको सिद्धान्तअनुसार नीति, पूर्वाधार, व्यापार, वित्तीय र जनता–जनताबीचको सम्बन्ध विस्तार गर्दै नयाँ साझा विकासको आधारहरू खडा गर्ने छ ।
८. चीन मानव जातिको साझा भविष्यको समुदाय निर्माणमा दृढ प्रतिज्ञा गर्दछ ।
सबै देशहरू विशेष गरेर प्रमुख देशहरूले मानवको प्रगतिमा आउने गम्भीर चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई मार्गदर्शन र प्रोत्साहन गर्ने दायित्व र जिम्मेवारी बहन गर्न काँधमा काँध मिलाउन आवश्यक छ । सबै देशहरूले एकले अर्कालाई सम्मान गर्नुपर्छ र बराबरीको आधारमा वार्ताहरू गर्नुपर्छ र शीतयुद्ध र शक्तिको राजनीतिको मानसिकतालाई त्याग्नुपर्छ । कुनै पनि देशले आफ्नो स्वार्थलाई मात्र प्राथमिकता दिने र अरुको नाफालाई आफ्नो घाटा देख्ने हातलाग्यो शून्यको खेल खेल्नुहुन्न र बलियोले निर्धालाई थिचोमिचो गर्ने, आफ्नो फाइदाको लागि अरुलाई नोक्सान गर्ने (Beggar-thy-Neighbor) को नीति अँगालेर प्रभुत्ववादी तरिका अँगाल्न पाइँदैन । यसको सट्टा हरेक देशले भिन्नता र तनावहरूलाई सही तरिकाले व्यवस्थापन गर्नुपर्दछ, विवाद र असहमतिहरूलाई संवाद र सरसल्लाहका आधारमा समाधान गरिनुपर्दछ र मनमुटावलाई आदानप्रदान, सङ्घर्षलाई पारस्परिक सिकाइ र श्रेष्ठतालाई सभ्यताहरूको सहअस्तित्वले प्रतिस्थापन गरिनुपर्दछ । चीनले एउटा प्रमुख जिम्मेवार राष्ट्रको भूमिका निर्वाह गर्दै चिरकालसम्मको शान्ति, विश्वव्यापी सुरक्षा र साझा समृद्धिको प्राप्तिका लागि खुला, समावेशी, स्वच्छ र सुन्दर विश्व निर्माण गर्न हरेक देशसँग सहकार्य गर्ने छ ।
“न्यायको कारकको लागि धेरैको सहयोग हुन्छ तर अन्यायका कारकलाई साह्रै कम सहयोग मिल्छ ।” (A just cause enjoys abundant support while an unjust one finds little support) । बढ्दो अनिश्चितता, अस्थिरता र असुरक्षाको यो संसारमा चीन आफ्नो मौलिक आकाङ्क्षाप्रति दृढ छ र समयको मागबमोजिम चल्दै न्यायको लागि आफ्नो जिम्मेवारी बहन गर्दै अधिकभन्दा अधिक राम्रो गर्ने लक्ष्य लिन्छ । चीन बहुपक्षीय ब्यापारको रक्षाको लागि अविचलित भई लाग्नेछ, विश्व शासन व्यवस्थाको सुधारको लागि अग्रगामी पहल गर्दछ, विश्व शान्तिलाई प्रोत्साहन गर्दछ, विश्वव्यापी विकासलाई योगदान गर्दछ, अन्तर्राष्ट्रिय नीति नियमलाई सम्मान गर्दछ र मानव जातिको साझा भविष्यको समुदाय निर्माण गर्दछ ।
अनुवादः सुनिल
The Facts and China’s Position on China- US
Trade Friction

Leave a Reply

Your email address will not be published. Required fields are marked *