महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
काठमाडौँ, ५ साउन । बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन–चार महिनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
पछिल्लो समय विश्वभर रूचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले एउटै ठेक्कामार्फत दुई पुलको निर्माण सुरू गरेको थियो । धोबीखोला पुल र वागमती पुल निर्माणको जिम्मेवारी दुई फरक ठेकेदार कम्पनीलाई दिइएको थियो । वाग्मती पुलको निर्माण लामो समयदेखि ठप्प भए पनि धोबीखोला पुलमा भौतिक प्रगति राम्रो रहेको आयोजनामा कार्यरत इन्जिनियर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो ।
सडकको मुख्य लेनको दुवैतर्फ काम सुरू गरिएकोमा एकातिर सम्पन्न भइसकेको र अर्कातिर काम भइरहेको हो । उहाँले भन्नुभयो, “एकातिर सम्पन्न भएर सवारी साधनसमेत चल्न थालेका छन् भने अर्कातिर साइटमा काम भइरहेको पाइन्छ ।”
यो सडक पुल तोकिएकै अवधि आगामी पुससम्म सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढेको इन्जिनियर श्रेष्ठले बताउनुभयो । बाँकी रहेको साइडमा स्लाप राख्ने र ढलानको काम सकिएको उहाँले बताउनुभयो । स्टिलको डण्डी (आर्च) राख्ने, फुटपाथ निर्माण र ‘एप्रोच रोड’ निर्माण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ रहेका सबै अवरोध हटिसकेकाले अहिले ठेकेदार कम्पनीलाई काम गर्न कुनै बाधा छैन ।”
सो पुलको निर्माण सुरू गर्दा सुरूका दुई तीन वर्ष भौतिक प्रगति कम देखिए पनि अहिले गति लिएको देखिएको छ । आयोजनाले भने ठेकेदारको ढिलाइका कारण मात्रै नभएर विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको बताउँदै आएको छ । देशभर निर्माण भइरहेका अरू पुलमा आफैले डिजाइन गरेर ठेकेदार कम्पनीलाई त्यहीअनुसार काम गर्न ठेक्कामा दिइने गरिएकामा यस पुलमा डिजाइन समेत ठेकेदार कम्पनी आफैले गरेको उहाँले बताउनुभयो ।
आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख भएको उहाँले जानकारी दिनुभयो । “ठेक्का अवधि सुरू भएपछिको पहिलो डेढवर्ष डिजाइनमा नै सकिएको थियो”, उहाँले भन्नुभयो, “त्यसपछिको डेढवर्षमा पनि त्यहाँ रहेका संरचना नहट्दा उनीहरूले सरासर काम गर्न पाएका थिएनन् ।”
सडक पुल निर्माण गर्ने स्थानमा खानेपानी, बिजुली, ढललगायत संरचना नहट्नुले ठेकेदारले सरासर काम गर्न नपाएको उहाँले बताउनुभयो । सडकमा रहेका संरचना सम्बन्धित निकायले हटाउनुपर्ने भए पनि पटक÷पटक ताकेता गर्दासमेत नहटाएको उहाँले बताउनुभयो ।
आयोजना आफैँले यहाँका संरचना हटाएर काम गर्ने स्थान खाली गरेको थियो । नेपालमा पहिलोपटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त रहेको इन्जिनियर श्रेष्ठले बताउनुभयो । अरू पुलमा भार बहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ । अरू सामान्य प्रविधि (आरसिसी) भन्दा पुल हेर्दा सुन्दर देखिने र लामो आयु हुने उहाँले बताउनुभयो ।
माइतीघरदेखि भक्तपुर सडक विस्तारको काम केही वर्ष पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सम्पन्न भएको थियो । जाइकाले पूरै सडक छ लेनको निर्माण गरेपनि धोबीखोला र बागमती पुल चार लेनका थिए । सडक चौडाइ कम भएकोले यी पुल र नजिकैका सडकमा दैनिक जाम हुँदा यात्रु र चालक हैरान छन् ।
Leave a Reply