अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
–राजकुमार श्रेष्ठ
चितवन, ५ साउन । बिहानदेखि बेलुकी झण्डै १०–१२ घण्टासम्म परिश्रम गरी गुजारा चलाउने कामदारहरू नारायणगढ बजारमा थुप्रै पाउन सक्छौँ । ती श्रमिकहरूको काम गर्ने निश्चित समय हुँदैन । उचित ज्याला पनि पाइरहेको हुदैन । आफू अन्यायमा परेँ भनी बोल्न सकेको हुँदैन र बोलिदिने सहारा पनि पाइरहेको हुँदैन । उनीहरू पेलिएर, हेपिएर बस्नु परेको हुन्छ । मालिकहरूबाट शोषित पीडित हुनुपरेको छ ।
नारायणगढ सहरको हुलास स्टिल हाउसमा काम गर्ने श्याम खयरगोलीको समस्या यस्तै छ । उहाँ बिहान ८ बजे पसल जानुहुन्छ । पसल खोल्ने, सरसफाइ गर्नेदेखि लिएर पसलको सम्पूर्ण काम खयरगोलीले गर्नुपर्दछ । सामान मगाउने, सामान बजारमा पु¥याउने, हिसाबकिताब मिलाउने, बैङ्किङ्ग कारोबार गर्नेसम्म उहाँले गर्नुपर्दछ । पसल नै खयरगोलीले चलाउने हो । उहाँको मासिक तलब भने रु. एघार हजार मात्र छ । श्याम खयरगोली भन्नुहुन्छ, “बस्ने घर भएकोले भाडा तिर्नुपर्दैन तर पनि घर खर्च पु¥याउनै सक्दैन । साहुलाई तलब बढाउनु प¥यो भन्दा काम गर्न मन भए गर्नू, गर्न मन नभए छोड्नू, कम्पनीले नै तलब बढाउन मान्दैन जस्ता मालिकको रुखो व्यवहार आउँछ ।”
उहाँले काम गर्ने पसलमा हुलास मेटल क्राफ्ट कम्पनीको सामान आउँछ । पसल मालिकले विचौलियाको काम गर्दछ । पसल खोलेर कामदार राख्ने र आफू नाफामात्र खाने काम खयरगोलीले काम गर्ने पसल मालिकले गर्दछ ।
सुरुमा प्रतिशतको आधारमा काम गरेको खयरगोलीको ६६ सालपछि ६५ सय मासिक तलब थियो । ७४ सालपछि मासिक ११ हजार तलब पाउन थाल्नुभएको हो । उहाँका अनुसार मार्केटिङ्ग क्षेत्रमा धेरै श्रमिकहरू न्यून ज्यालामा काम गरिरहेको र श्रम शोषणमा परेको छ ।
तनहँु घर भएका सन्तोष गुरुङ नारायणगढ रेष्टुरेन्टमा काम गरेको दस वर्ष पुग्यो । अहिले उहाँको मासिक तलब रु. ९ हजार छ । उहाँले मःमः बनाउने देखि लिएर सरसफाइसम्म काम गर्नुपर्दछ । उहाँको खाने, सुत्ने समयको निश्चित हुँदैन । काम भने बिहानदेखि बेलुका अबेरसम्म खटिनु पर्दछ ।
नारायणगढ सहरमा श्याम र सन्तोष प्रतिनिधि पात्रमात्र हुन् । थुपै्र कामदारहरू मालिकसँग शोषित हुनु परेको छ । सोझा–सादा श्रमिकहरूको रगत र पसिना चुसेर मालिकहरू मोटाइरहेका छन् । कामदारले कामअनुसारको ज्याला नपाएको देशकै श्रमिकहरूको समस्या छ । श्रम शोषण राज्यले नै ऐन कानुन बनाएर न्युनीकरण गर्नुपर्दछ । असङ्गठित घरेलु क्षेत्रका कामदारहरू मालिमसँग बढी पेलिनु परेको अवस्था छ । नागरिक राज्यविहीन अवस्थाको महसुस गर्न बाध्य भएको छ । मालिकले श्रम शोषण गरे पनि कामदार काम गर्न बाध्य छन् ।
Leave a Reply