भर्खरै :

थिएटर मलमा कसजूको“बोकाको आत्मकथा” नाटक

कीर्तिपुर, ६ साउन । साहित्यकार विनय कसजूद्वारा लिखित पुष्प अवस्थीद्वारा निर्देशित नाटक ‘बोकाको आत्मकथा’ सोमबारदेखि थिएटर मल कीर्तिपुरमा सुरु भयो ।
शुभकामना एकेडेमी टौदह कीर्तिपुरका विद्यार्थीहरुद्वारा अभिनित नाटक सत्य घटनामा आधारित नाटक मञ्चन भएको लेखक कसजूले बताउनुभयो ।
समाजमा भए गरेका घटनालाई लिपिबद्ध गरी नाटकमा मञ्चन गर्दा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनले आफ्नो आँखा रसाएको र अत्यन्त भावुक बनाएको नाटक हेरेपछि प्रतिक्रिया दिनुभयो ।
शुभकामना एकेडेमीका प्रिन्सिपल विजयराज आचार्यले विद्यालयबाट हरेक वर्ष नाटक मञ्चन गर्नेक्रममा यो ‘बोकाको आत्मकथा’ दोस्रो नाटक हो भन्नुभयो । पहिलो नाटक गत वर्ष ‘तिनीहरु कहाँ गए होलान् ?’ अन्तर्राष्ट्रिय नाटक महोत्सवको लागि छनौट भएको पनि उहाँले बताउनुभयो ।
नाटक मार्मिक कथामा आधारित छ । गाउँमा रहँदा बोका किन्न आउँदा बेच्न नमान्ने छोरा रामु पढ्ने क्रममा सहरमा आइसकेपछि धेरै सोच परिवर्तन गरेको देखाएको छ ।
जम्मा ४० मिनेटको नाटकको उद्घाटन शोमा वरिष्ठ व्यक्तित्वहरु र सञ्चारमाध्यमका बीच देखाइएको थियो ।
यो नाटक राराहिल स्कूलमा स्थापित थिएटर मलमा ११ गतेसम्म टिकट शोमा प्रदर्शन हुने विद्यालयका प्रिन्सिपल विजय आचार्यले बताउनुभयो । दैनिक दुई शो बिहान ११ बजे र दिउँसो १ बजे मञ्चन हुने नाटक हेर्न प्रतिव्यक्ति रु.२००।– र विद्यार्थीहरुको लागि एक सय रुपैयाँ राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *