यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २२ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका विभिन्न जिल्ला सम्पर्क समितिहरुको आयोजनामा मङ्गबार समसामयिक राजनीतिक परिस्थितिबारे प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले देश विकास गर्ने नाममा सरकारले विदेशीहरुसँग ऋण लिने र त्यो रकम आफ्ना दल नजिकको ठेकेदारको हातमा दिने काम शासक दलहरुले गर्ने गरेको बताउनुभयो ।
कुनै पनि देशमा देशको प्रगति गर्ने र देशको घात गर्ने दुई थरी पार्टीहरु हुने गरेको चर्चा गर्दै उहाँले नेपालमा आजसम्म सरकार चलाएका दलहरुले देशको विकासभन्दा भ्रष्टाचार बढाएको बताउनुभयो ।
राजनीतिक पार्टी सङ्ख्याका आधारमा नभई विचार र सिद्धान्तको आधारमा ठूलो सानो हुने काफ्लेको विचार थियो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले लामो समयसम्म स्थानीय निर्वाचनको चुनाव नहुँदा जनताले लोकतन्त्रको महसुस गर्न नपाएको बताउँदै आगामी स्थानीय तहको चुनावले देशको नयाँ संविधानको जग बलियो बनाउने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजीरसिं विकले जनताको विश्वास घात गरेर आफ्नो संकीर्ण स्वार्थपूर्तिमा लाग्ने दलहरुबाट जनताको हित अपेक्षा गर्न नसकिने बताउनुभयो ।
उहाँले विभिन्न लोभ प्रलोभनमा परेर लुगा फेरेजस्तो दल परिवर्तन गर्ने मानिसहरुले अन्ततः पछुताउने वातावरण बन्ने विचार व्यक्त गर्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले स्थानीय तहको निर्वाचनमा नेमकिपाका उम्मेदवारहरुलाई जित्न नेक्राविसङ्घका कार्यकर्ताहरु पूर्ण रुपमा परिचालित हुने बताउनुभयो ।
ईश्वर शाहीको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरु जानकी सिजापति र शारदा प्याकुरेलले पनि बोल्नुभएको थियो ।
Leave a Reply