भर्खरै :

राजनीतिक नेताहरूले विदेशी गुप्तचर भेट्नु गलत

काठमाडाँै, ८ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिक नेताहरूले विदेशी गुप्तचरहरूसँग भेट्नु गलत भएको बताउनुभएको छ ।
मङ्गलबार रेडियो उपत्यका नेटवर्कका दीपक अर्यालसँग कुराकानी गर्दै अध्यक्ष रोहितले राजनीतिक नेताहरू विदेशीबाट निर्देशित हुन खोज्नु गम्भीर विषय हो भन्नुभयो ।
विभिन्न देशका गुप्तचर गुप्तचरबीच भेट हुनु प्रहरी प्रहरीबीच, सेनापति सेनापतिबीच भेट हुनु स्वाभाविक भए पनि राजनीतिक नेताहरूले गुप्तचरहरू भेट्दा ती नेताहरूबाट गलत निर्णय हुनसक्ने बताउँदै अध्यक्ष रोहितले नेपाली शासक दलका नेताहरूले रअका प्रतिनिधिलाई भेटेको नौलो नभएको उल्लेख गर्नुभयो ।
माओवादी नामको सशस्त्र द्वन्द्व हिन्दुस्थानको जानकारीमा नेपाली जनताको हितभन्दा भारतीय एकाधिकार पुँजीकै हितमा भएको चर्चा गर्दै अध्यक्ष रोहितले गुप्तचरहरूसँगको नियमित भेटघाटले माओवादी ‘ट्रोजन हर्स’ हो भन्ने कुरा झन् प्रस्ट भएको बताउनुभयो ।
जबजको नाममा जनतालाई झुक्याउँदै आएको एमालेले ‘साम्यवाद’ शब्द नै हटाएको स्मरण गर्दै अध्यक्ष रोहितले २५ वर्ष अघिदेखि एमाले कम्युनिस्ट होइन ‘भाइ काङ्ग्रेस’ हो भनेको पुष्टि भएको र उनीहरू कम्युनिस्ट होइन भन्नु गाली नभई चरित्रको विश्लेषण हो भन्नुभयो ।
नेकाको सरकारले जस्तै नेकपाको सरकारले पनि देशलाई बर्बादीमै राखेको, भारतीय बाँधका कारण तराईको भूमि डुबानमा परेको, भारतीय विषालु तरकारी जनतालाई खुवाउँदै आएको बताउँदै अध्यक्ष रोहितले दुईतिहाइको सरकारले २÷३ अरबको क्वारेइन टाइन मेसिन अर्थात् सीमामा प्रयोगशालाहरू किन बनाउन सकेन भनी प्रतिप्रश्न गर्नुभयो ।
शिक्षामन्त्री आफै परीक्षामा पासलाई फेल र फेललाई पास गराउने एजेन्ट बनेपछि देश कहाँ पुग्छ भन्दै अध्यक्ष रोहितले स्वतन्त्र हुनुपर्ने विश्वविद्यालयमा आफ्ना मानिस भन्दै जसलाई पायो उसलाई नियुक्ति गरेपछि देश बर्बाद हुनु अस्वाभाविक होइन भन्नुभयो ।
नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संरा अमेरिका भ्रमणको बेला समकक्षी संरा अमेरिकी विदेशमन्त्रीसँग समान हैसियतमा कुरा गर्न नसकेको चर्चा गर्दै अध्यक्ष रोहितले मोटाघाटा पहलमानजस्तो पोम्पियोसँग डराएर हो कि जेमा पनि सही गरेर फर्कनु दुर्भाग्यपूण विषय हो भन्नुभयो ।
एमाले र माओवादी ठूला पार्टी मिले भन्नुभन्दा पनि विदेशीले जे–जे भन्थे त्यही गर्दै आएको उल्लेख गर्दै अध्यक्ष रोहितले नेपालमा अमेरिकी प्रभाव बढेको भन्दा पनि भारतमै अमेरिकी प्रभाव बढेको विशाखापटनममा अमेरिकी जल सेना आएर बसेको प्रस्ट पार्नुभयो ।
हिन्द प्यासेफिक सैन्य गठबन्धन खतरनाक भएकोले विरोध गर्नु परेको चर्चा पनि उहाँले गर्नभयो ।
अध्यक्ष रोहितले भौतिकरूपमा भन्दा देश बौद्धिक र कूटनीतिकरूपमा बलियो हुनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *