भर्खरै :

फिफा वरियतामा नेपाल एक स्थान झ¥यो

काठमाडौँ, ९ साउन । विश्व फूटबलको सर्वोच्च निकाय फिफाको विश्व वरियतामा नेपाल एक स्थान तल झरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको हो । नयाँ वरियतामा नेपाल १ सय ६६ औँ स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६५ औँ स्थानमा रहेको थियो ।
दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि भारत १ सय ३ औँ स्थानमा र माल्दिभ्स १ सय ५२ औँ स्थानमा रहेको छ ।
नेपालभन्दा तल रहेको बङ्गलादेश १ सय ८२ औँ, भुटान १ सय ८६ औँ, श्रीलङ्का २ सय औँ र पाकिस्तान २ सय ४ औँ स्थानमा रहेको छ ।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, इङ्गल्यान्ड चौंथो र उरुग्वे पाँचाँै स्थानमा रहेको छ ।
छैटाँै स्थानमा पोर्चुगल, सातौँमा क्रोएसिया, आठौँमा कोलम्बिया, नवौमा स्पेन र दशौँमा अर्जेन्टिना रहेको छ ।
खेलपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *