कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
भक्तपुर, १६ साउन । भक्तपुर नगरपालिकाअन्तर्गत अनुगमन समितिले बिहीबार नगर क्षेत्रका विभिन्न अस्पतालहरूमा अनुगमन ग¥यो ।
अनुगमन टोलीले भक्तपुर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपन केन्द्रको अनुगमन गरेको थियो । अनुगमन टोलीले भक्तपुर अस्पतालमा अस्पतालजन्य फोहर अन्य फोहरबाट अलग्ग नराखिएको, सरसफाइमा पुग्दो ध्यान नदिइएको, अस्पताल पछाडिको नाली व्यवस्थित नगरिएको, आकस्मिक कक्षमा ठाउँ अभाव भएको बारे अस्पताल व्यवस्थापनको ध्यानाकर्षण गरायो ।
त्यस्तै टोलीले अस्पतालमा नर्सको अभाव भएको, आकस्मिक कक्षको इन्चार्ज नभएको र अवलोकन कक्ष नभएको, दरबन्दीअनुसार चिकित्सक र कर्मचारीहरू पूर्ति नभएको, पेडियाट्रिक वार्डमा बेडको अभाव आदि सच्याउँदै जानुपर्नेमा जोड दियो ।
अस्पतालमा आईसीयू वार्ड राख्न पहल गर्नुपर्ने र आकस्मिक कक्षमा ट्रियाजको व्यवस्था गरी रेड, ग्रिन, एलो र ब्लायक ब्लकहरू राखी रेडमा सिकिस्त बिरामी, ग्रिनमा सामान्य बिरामी, एलोमा अलि जटिल बिरामी र ब्लायकमा लगभग मृत्यु भएको बिरामी हेर्ने कक्ष व्यवस्थापन गर्नुपर्ने सुझाव पनि सो टोलीले दिएको थियो ।
अस्पतालमा न्युरो, मानसिक, मुटु सेवा नभएको, ल्यावमा थाइराइड परीक्षण नभएको साथै जग्गा नेपाल ट्रष्टको नाममा भएकोले ठाउँ अभाव भएको भक्तपुर अस्पतालका नवनियुक्त सुपरिटेन्डेट डा.रविभूषण सुवालले बताउनुभयो । उहाँले अस्पतालको जग्गा मानव अङ्ग प्रत्यारोपन र क्यान्सर अस्पताललाई दिएकोले नयाँ भवन निर्माण गर्न समस्या देखिएको बताउनुभयो । विशेषज्ञ डाक्टरहरूलाई सरकारी पारिश्रमिक अपुग भएको र क्वाटरको अभावमा विशेषज्ञ डाक्टर बस्न नचाहेको र अस्पताल विकास समितिले ५५ जना कर्मचारी राखी राखेको उल्लेख गर्नुभयो ।
त्यस्तै शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपन केन्द्रमा कुल शय्या सङ्ख्या १०० भए पनि हाल ७५ मात्र सञ्चालनमा रहेको अनुगमन टोलीले बतायो ।
कर्मचारी दरबन्दी २५० जना भएकोमा २१० जनामात्र भएको, फोहर व्यवस्थापन गर्नुपर्ने, चिकित्सक र मानव संशाधन अभाव, डाइलासिस बिरामीको चापअनुसार सेवा अभाव भएकोले जनशक्ति व्यवस्थापन गरी चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने, आइसोलेसन कोठा व्यवस्थापन गर्नुपर्ने, वार्ड वार्डमा कम्तीमा हप्तामा एकचोटि मेसिनले स्क्रोप गर्नुपर्ने, व्हिलचियर अपुग भएको आदि विषयमा टोलीले अस्पताल प्रशासनको ध्यानाकर्षण ग¥यो ।
अस्पतालमा नागरिक वडापत्र नभएको र अस्पतालको मेसिनरी सामानहरू उच्च भोल्टेज वा अचानक बत्ती निभ्नाले मेसिनरी सामानहरू बिग्रिएकोले अस्पतालको लागि छुट्टै ट्रान्सफार्मर राख्न सुझाव टोलीले दिएको थियो ।
अस्पताल प्रशासनका हरि शर्माले ठाउँ अभावमा अस्पतालको सेवा सेवा विस्तार गर्न नसकेको बताउनुभयो । बिरामीको चाप बढ्दा धेरै बिरामी डाइलासिसबाट छुटेको नर्स कोपिला दाहालले बताउनुभयो ।
अनुगमनमा भनपा अनुगमन समितिका अध्यक्ष राजकृष्ण गोरा, सदस्यहरू हरिराम सुवाल, रोशनमैया सुवाल, जनस्वास्थ्य केन्द्र भनपाका डा.शनिस कुसी, भनपा श्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक राजबहादुर डगौरा, राष्ट्रिय उपभोक्ता मञ्चका नारायणप्रसाद राजथला र दीपक कार्की, उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छे, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका धनञ्जय आचार्यको सहभागिता थियो ।
Leave a Reply