भर्खरै :

परमाणु विधेयकबारे छलफल

भक्तपुर, १६ साउन । “संयुक्त राष्ट्र सङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा आयोगले इराकमा जैविक हतियार थुपारिएको झूठा प्रतिवेदन सार्वजनिक ग¥यो । यसैलाई निहुँ बनाई अमेरिकी साम्राज्यवादले इराकमाथि आक्रमण गरी त्यहाँको तेल खानी कब्जा ग¥यो । यसकारण अन्तर्राष्ट्रिय आणविक ऊर्जा आयोग भरपर्दो संस्था होइन । प्रजग कोरियाले यो आयोगलाई आफ्नो देशमा पस्न दिएन ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पारमाणविक तथा रेडियोधर्मी पदार्थको शान्तिपूर्ण र सुरक्षित उपयोग विधेयक, २०७५ बारे छलफल कार्यक्रममा बिहीबार उक्त भनाइ राख्नुभएको हो ।
विधेयकमा युरेनियम उत्खनन्, प्रशोधन र बिक्रीसमेतको कार्य व्यक्ति वा निजी संस्थालाई दिने उल्लेख गरिएकोले विवाद उठेको उल्लेख गर्दै सांसद सुवालले नेपालको युरेनियम खानी अन्तर्राष्ट्रिय आणविक ऊर्जा आयोगमार्फत अमेरिकी साम्राज्यवादले कब्जा गर्ने स्वार्थ विधेयकमा देखिएको स्पष्ट गर्नुभयो ।
नेपाल आणविक समाजका अध्यक्ष प्रा.डा. कमलकृष्ण श्रेष्ठले विधेयकमा युरेनियम उत्खनन्, प्रशोधन र बिक्री गर्ने प्रावधान हटाई परमाणुको अनुसन्धान गर्ने विषय समेट्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्रा.डा. राजुभाइ त्यात, भौतिकशास्त्र विद्यार्थी गोपालसुन्दर गोसाईँ, नर्स देविका दनेखू, प्राध्यापक नवराज बुढाथोकीले प्राध्यापक श्रेष्ठसँग परमाणु विधेयकबारे जिज्ञासा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *