जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
चैतन्य मालापुर
वर्षा र वर्षाले निम्त्याएका प्राकृतिक विपत्ति जस्तै चक्रवात, बाढी र पहिरोका कारण बितेका तीन वर्षमा भारतमा ६ हजार ५८५ जना सर्वसाधारणको ज्यान गयो । भारतीय लोकसभामा उठेको प्रश्नको जवाफ दिने क्रममा सरकारले सो तथ्याङ्क सार्वजनिक गरेको हो । उक्त तथ्याङ्कअनुसार भारतमा त्यही कारण प्रतिवर्ष झण्डै दुई हजारको दरले मानिस मारिएका छन् ।
यो वर्ष आएको बाढीको कारण बिहार र आसाम राज्यमा १७० भन्दा बढी मानिस मारिए भने १ करोड मानिस प्रभावित बनेका छन् ।
आसामको गोलाघाटस्थित काजिरङ्ग राष्ट्रिय पार्कमा आएको बाढीका कारण २०४ जङ्गली जनावरको मृत्यु भएको छ । त्यसमध्ये १५ वटा त गैंडा थिए ।
भारी वर्षा र नदीमा पानीको सतह बढ्ने कारण हरेक वर्ष भारतका विशेषतः बिहार र आसाममा ठूलो बाढी आउने गरेको छ ।
संरा अमेरिकी अन्तरिक्ष एजेन्सी नेसनल एरोनेटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनले सार्वजनिक गरेका तस्वीरमा ब्रम्हपुत्र नदीले भारत र बङ्गलादेशका विभिन्न ठाउँका किनारा भत्काएको र त्यही कारण कृषि क्षेत्रमा ठूलो नोक्सानी भएको देखाएको छ ।
भारतको दक्षिणी प्रान्त केराला सन् २०१८ मा ठूलो बाढीको मारमा प¥यो । बितेका ९४ वर्षमा त्यो केरालामा सबभन्दा ठूलो वर्षा भएको थियो । बाढी पहिरोमा परी ४७७ जना सर्वसाधारण मारिए । त्यो साल २०१८–१९ मा वर्षासँग सम्बन्धित विपत्तिका कारण मारिने कूल २ हजार ४५ जना मानिसमध्ये केरालामा मारिनेको जम्मा प्रतिशत २३ थियो ।
बितेका तीन वर्षमा वर्षासँग सम्बन्धित विपत्तिबाट सबभन्दा बढी मानिस बिहारमा मरे । बिहारमा मात्र ९७० जना (कुल मृत्युको १५ प्रतिशत), केरालामा ७५६, पश्चिम बङ्गालमा ६६३, महाराष्ट्रमा ५२२ र हिमाञ्चलमा ४५८ जना मानिस मारिए । भारतभरि बाढी र पहिरोका कारण मारिने कुल मानिसमा यी पाँच प्रान्तमा मारिने ५१ प्रतिशत थियो ।
बितेका तीन वर्षमा भारतमा बाढी पहिरो र वर्षासँग सम्बन्धित अन्य विपत्तिका कारण मारिने पशुपक्षीको सङ्ख्या २ लाखभन्दा बढी रह्यो । साथै ३९ लाख घर वा टहरा पानीसँग सम्बन्धित विपत्तिका कारण ध्वस्त भए ।
सन् २०१९ को अप्रिल १ देखि जुलाई १८ सम्ममा वर्षासँग सम्बन्धित विपत्तिका कारण ४९६ जना मानिस मारिए । अर्थात प्रतिदिन पाँच जनाको दरले मानिस मारिए । महाराष्ट्रमा १३७ जना र विहारमा ७८ जना मानिस मारिए ।
६४ वर्षमा एक लाख मृत्यु
सन् १९५३ देखि २०१७ सम्मको ६४ वर्षमा भारतमा मात्र भारी वर्षा र बाढीको कारण एक लाख ७ हजार ४८७ जना मानिस मारिएको भारत सरकारको तथ्याङ्कले देखाएको छ ।
छोटो समयमा उच्च मापनको वर्षा, कमजोर वा अपुग ढलनिकास क्षमता, योजनाविहीन पानी भण्डारण र बाढी नियन्त्रण संरचनाको कमजोर अवस्था नै बाढी पहिरोको कारण बढी क्षतिको मूल कारण भएको सो प्रतिवेदनले औँल्याएको छ ।
भारतको कुल क्षेत्रफलमध्ये १२ प्रतिशत अर्थात ४ करोड हेक्टर क्षेत्रफलमा बाढीको खतरा अत्याधिक रहेको प्रतिवेदनले देखाएको छ । सन् १९९८ देखि २०१० सम्ममा भारतले ४३१ वटा ठूलो आकारको प्राकृतिक विपत्तिको सामना ग¥यो । आगामी सन् २०४० सम्ममा भारतमा अत्याधिक बाढीको खतरामा आजभन्दा ६ गुणाले बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । त्यत्तिबेलासम्ममा बाढीबाट प्रभावित हुन सक्ने जनसङ्ख्या २ करोड पचास लाख पुग्ने अनुमान गरिएको छ ।
दक्षिण एसियाली समस्या
यो वर्षको मध्य जुलाईसम्ममा बाढीका कारण भारत, नेपाल, बङ्गलादेश र पाकिस्तानका ७० लाख मानिसको जीवन प्रभावित बन्यो । ७० लाख जनसङ्ख्या भनेको हङकङ सहरको जनसङ्ख्या बराबर हो । जुलाई १८ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
जुन २८ र जुलाई १४ मा नासाले दुई वटा तस्बिर सार्वजनिक गरेको थियो । भारतको पूर्वी क्षेत्रको आकाशबाट नदी र डुबान क्षेत्र गाढा निलो देखिएको छ । आकाशमा सेतो बादल देखिन्छ । अनि कृषि क्षेत्र र वनजङ्गल हरियो देखिएको छ ।
विश्वव्यापी जलवायु परिवर्तनको कारण दक्षिण एसियामा बाढीको खतरा अझ बढिरहेको छ । यसले कृषि उत्पादनमाथि खतरा मडारिएको छ । साथै साना किसानको भविष्यमाथि अनिश्चय बढाएको छ । ग्रामीण अर्थतन्त्र यसले अझ बढी प्रभावित हुने भएको छ । तसर्थ समग्र खतरा न्यूनीकरणको लागि एकीकृत पहल आवश्यक भएको सन् २०१८ को डिसेम्बर महिनामा सार्वजनिक एक प्रतिवेदनमा उल्लेख छ ।
५ करोडभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने ढाका, कराँची, कोलकोत्ता र मुम्बईजस्ता सहरले आगामी वर्षमा बाढीजन्य विपत्तिबाट थप क्षति भोग्नुपर्ने सन् २०१८ को अर्काे प्रतिवेदन दाबी गरेको छ ।
मुम्बई सहरमा जुलाईको पहिलो साता भारी वर्षाको अनुभव ग¥यो । बितेका ४५ वर्षमा त्यो दिन मुम्बईका केही भागमा सबभन्दा बढी वर्षा अनुभव ग¥यो । फलतः भारतको आर्थिक राजनीतिको जनजीवन पूर्णतः ठप्प मात्र भएन बरू झण्डै १६ जनाले ज्यान गुमाउनुप¥यो ।
बितेका एक सय वर्षमा भारतको सहरी क्षेत्रमा एक मिलिमिटरभन्दा बढी मात्रामा भारी वर्षा भयो । विशेषतः सन् १९९० को दसकदेखि यो मात्र अझ बढेको छ । २०० मिलिमिटर वर्षासम्म भएको थियो ।
स्रोतः एक्रोल.कम
नेपाली अनुवादः सुमन
Leave a Reply