भर्खरै :

भक्तपुर मार्सल आर्टस हाप्किडो (आत्मरक्षा) सङ्घ गठन, खयरगोली अध्यक्ष

भक्तपुर, १८ साउन । नेपाल मार्सल आर्टस हाप्किडो सङ्घको तत्वावधानमा मङ्गलबार भक्तपुर मार्सल आर्टस हाप्किडो सङ्घ गठन भएको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयमा नेपाल मार्सल आर्टस हाप्किडो सङ्घका केन्द्रीय उपाध्यक्ष सुस्मिता गुरुङको उपस्थितिमा खेलाडी, खेलप्रेमी, प्राध्यापक एवम् समाजसेवीहरूको सहभागितामा भएको भेलाबाट आत्मरक्षा प्रशिक्षक एवम् सामाजिक अभियन्ता पद्मा खयरगोलीको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर मार्सल आर्टस हाप्किडो सङ्घ गठन भएको छ ।
परापूर्वकालमा दुश्मनहरूबाट आफूलाई रक्षा गर्न, चोर, फटाहा, डाँकाहरूबाट आफूलाई बचाउने कला, जसलाई ह्यानगुयल भनिन्थ्यो अहिले हाप्किडो भनिन्छ । मार्सल आटर््सका पाँच वटा खेल कराँते, ताइक्वाण्डो, बक्सिङ, जुडो र रेसलिङको कलालगायत प्रेसर प्वाइट, ज्वाइन प्वाइट विभिन्न कलाकौशल समावेश भएको हाप्किडोे खेल प्यचभब यच ध्यचमि ःबचतष्ब िब्चतक ज्बउपष्मय ँभमभचबतष्यल का संस्थापक ग्राण्ड मास्टर लि डे ह्यउन हुन् । विश्वका धेरै देशहरूमा मार्सल आर्टस हाप्किडो फैलाउँदै जाने क्रममा उनी नेपालमा खेलको कला कौशल सिकाउन आउँदा नेपाली खेलाडीमा देखिएको खेलप्रतिको लगाव, उत्सुकता बलियो शारीरिक गुण देखेकोले उहाँको निर्देशनमा नेपालमा हाप्किडो खेललाई संस्थागतरूपमा २०७३ असोज १८ गते राष्ट्रिय खेलकुद परिषद्मा युवा खेलकर्मी तथा समाजसेवी कालीबहादुर घर्तीमगरको अध्यक्षतामा विधिवत्रूपमा दर्ता नं. १६८ रहने गरी नेपाल मार्सल आर्टस हाप्किडो सङ्घ गठन भएको थियो । हालसम्ममा २५ वटा जिल्ला सङ्घहरूको गठन भएको छ ।
भक्तपुरल मार्सल आर्ट हाप्किडो सङ्घमा कानुनी सल्लाहकार श्रीधर ङाखुसी श्रेष्ठ, सल्लाहकारमा नारायण झा तथा राजु बजिको रहने गरी सङ्घको नवनियुक्त अध्यक्ष पदमा पद्मा खयरगोली, प्रथम उपाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ, महासचिव सुरेन्द्र जाकिबन्जार, उपसचिव राजेन्द्र भुषण खयरगोली, कोषाध्यक्ष रिता रंजितकार, सदस्यहरूमा क्रमशः हरिबहादुर श्रेष्ठ, श्यामसुन्दर शिल्पकार, श्यामसुन्दर बासुकला, सुदिप सुवाल, अमित रंजित, जयन्ति श्रेष्ठ, रोजिना लोहला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *