भर्खरै :

दैलेखमा नेमकिपाका विभिन्न गतिविधि

दैलेख, २० साउन । नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनीको आयोजनामा साउन २० गते ‘भेनेजुयला ः हिजो र आज’ पुस्तकको अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् जिल्ला समिति दैलेखका अध्यक्ष जग्यबहादुर शाहीले स्वतन्त्र र सार्वभौम देश भेनेजुयलामाथि ट्रम्प प्रशासनकै प्रजातन्त्र र मानवअधिकारविरोधी निर्णयका कारण अमेरिका संसारमा बदनाम हुँदै गएको बताउनुभयो ।
भेनेजुयलाको आन्तरिक मामिलामाथिको हस्तक्षेप संसारका प्रजातन्त्रवादीहरूले विरोध गरिरहेको उहाँले बताउनुभयो । उहाले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टी संसारका प्रगतिशील र कम्युनिस्ट देशमाथि भएको हस्तक्षेपको विरोध गरेर अन्तर्राष्ट्रिय कर्तव्य पूरा गरिरहेको छ ।”
नेमकिपा दैलेख जिल्ला सदस्य निरकबहादुर शाहीले नेपाल मजदुर किसान पार्टीले जहिले पनि संसारमा थिचिएका र पिल्सिएका जनताको मुक्तिको लागि आवाज उठाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा दैलेखका सल्लाहकार पुरे कामी, इन्द्रप्रसाद चौलागाइँ, धनकुमारी शाही, दिपकबहादुर शाही, कृष्ण ढकाल, मनबहादुर विक, वासुदेव कँडेल, नैनकला सुनार, बिन्दु विक, खगेन्द्रबहादुर शाही, कटक खड्का, विष्णु रेग्मीलगायतले बोल्नुभएको थियो ।
कार्यकर्ता भेला
नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनी वडा नं. १ को आयोजनामा पार्टी कार्यकर्ता भेला भयो । भेलामा नेमकिपा जिल्ला समिति दैलेखका अध्यक्ष जग्यबहादुर शाहीले नेपालका नक्कली कम्युनिस्टहरूले कम्युनिस्ट आन्दोलनको बदनाम गरिरहेको चर्चा गर्दै नेकपाको सरकारले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सेवा गरिरहेको बताउनुभयो ।
नेमकिपा जिल्ला समिति दैलेखका सदस्य एवम् चामुण्डा बिन्द्रासैनी वडा नं. ३ का वडा अध्यक्ष निरकबहादुर शाहीले चामुण्डा बिन्द्रासैनी नगरपालिकाका गतिविधिबारे जानकारी दिनुभयो ।
भेलामा नेमकिपा जिल्ला समिति दैलेखका सदस्य एवम् चामुण्डा बिन्द्रासैनी वडा ७ का वडा अध्यक्ष इन्द्रप्रसाद चौलागाई, नेपाल क्रान्तिकारी मजदुर सङ्घका अध्यक्ष पुरे कामी, नेमकिपाका थानबहादुर राना, लालबहादुर पौड्याललगायतले बोल्नुभएको थियो ।
तेस्रो गाउँ भेला
नेपाल क्रान्तिकारी महिला सङ्घ महाबु गाउँपालिका समितिको आयोजनामा महाबुँको काप्रीखोलामा तेस्रो गाउँ भेला सम्पन्न भयो । कार्यक्रममा नेमकिपा जिल्ला समिति दैलेखका उपाध्यक्ष बमबहादुर सिंहले नेमकिपाले कामदार वर्गका महिलालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्दै कामदार वर्गलाई शासन सत्तामा पु¥याउन क्रियाशील रहेको बताउनुभयो ।
भेलामा नेमकिपा जिल्ला समिति दैलेखका सदस्य दुर्गबहादुर थापामगरले हरेक कामदार महिलाहरू राजनीतिरूपले सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो ।
भेलामा नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति दैलेखका सचिव मङ्गला सिंह र गीता थापाले पनि बोल्नुभएको थियो ।
भेलाले झुमा थापाको अध्यक्षतामा १५ सदस्यीय नेपाल क्रान्तिकारी महिला सङ्घ महाबु गाउँपालिका समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *