भर्खरै :

सिद्धि गणेश र भक्तपुर युथ, बासुकी र डिलाइट सेमिफाइनलमा

भक्तपुर, २१ साउन । भक्तपुर जिल्ला फूटबल सङ्घको आयोजनमा भक्तपुर जिल्ला लिग फूटबल प्रतियोगितको मङ्गलवार भएको खेलमा भक्तपुर युवा टीमविरुद्ध भक्तपुर नगरपालिकाबीच भएको खेलमा ४–२ युवा टीमले जीत हासिल ग¥यो ।
सो खेलमा युवा टिमका प्रणय बासुकलाले खेल सुरु भएको दुई मिनेटमा र तेस्रो मिनेटमा सुमन शिल्पकारले गोल गरी अग्रता लिएको थियो । चौधौँ मिनेटमा दुर्गाबहादुर राउतले थप एक गोल गरी तीन गोलले अग्रता लिएको थियो ।
पच्चीसौँ र पैतीसौँ मिनेटमा भक्तपुर नगरपालिकाका मार्विन तामाङले दुई गोल गरेपछि खेल हाफ अगाडि ३–२ गोल भएको थियो । हाफपछि भएको खेलमा खेल सुरु भएको दशौँ मिनेटमा युवा टीमका निरज सिंख्वलले गोल गरेका थिए ।
सो खेलमा युवा टिमका निरोज सिंख्वालले म्यान अफ दिम्याच जीत हासिल गरे । दुवै टीम सेमिफाइनल खेल खेल्न भने वञ्चित भएका छन् । समूह ‘बी’ बाट भक्तपुर डिलाइट ४ अङ्कका साथ सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘बी’ का युवा टिमको ३ अङ्क र भक्तपुर नगरपालिकाको १ अङ्क रहेको छ ।
त्यसपछि भक्तपुर युथ फूटबल क्लवविरुद्ध स्वीट्स सर्कलबीच भएको खेल निकै प्रतिस्पर्धापूर्ण भए पनि दुवै टोलीबाट कुनै गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गियो ।
सो खेलमा म्यान अफ दि म्याच भक्तपुर युथका बिनय मगरले प्राप्त गरे । यो खेलसँगै समूह ‘सी’ बाट भक्तपुर युथ ४ अङ्कका साथ सेमिफाइनलप्रवेश गर्न सफल भएको छ । रिले फूटबल क्लव ३ अङ्क र स्विट्स सर्कल १ अङ्क प्राप्त गर्न सफल भएको उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो ।
सेमिफाइन खेल श्रावण २३ गते बिहान ७ः३० बजे सिद्धिगणेश खेलकुद समितिविरुद्ध भक्तपुर युथ फूटबल क्लवबीच हुनेछ भने अर्को खेल बिहान ९ः३० बजे बासुकी युवा क्लवविरुद्ध भक्तपुर डिलाईट फूटबल क्लवबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *