भक्तपुर, २३ साउन । भक्तपुर जिल्ला फूटबल सङ्घको आयोजनमा भक्तपुर जिल्ला लिग फूटबल प्रतियोगितको बिहीबार भएको सेमिफाइनल खेलमा सिद्धि गणेश खेलकुद समिति र भक्तपुर युथ फूटबल क्लबबीच भएको खेलमा ३–१ ले सिद्धि गणेश जीत हासिल गरी फाइनल पुगेको छ । उक्त खेलमा सिद्धिगणेश खेलकुद समितिका जर्सी नं १० सुसन श्रेष्ठ, जर्सी नं ३२ का राज श्रेष्ठ र सुमन गुरुङले गोल गरेका थिए । मध्यान्तर पछि भक्तपुर युथ फूटबल क्लबका लागि जर्सि नं ५ का विनय मगरले साल्त्वना गोल गरेका थिए । खेल ३–१ ले भक्तपुर युथ फूटबल क्लबले हार बेहोरी फाइनल खेलबाट हात धुनु पर्यो । उक्त खेलमा म्यान अफ दि म्याच सुदर्शन श्रेष्ठ घोषित भए ।
त्यस्तै बासुकी युवा क्लब र भक्तपुर डिलाइट फूटबल क्लबबीच भएको दोस्रो सेमिफाइनल खेलमा ०–३ गोलले डिलाइट क्लब जीत हासिल गरी फाइनल पुगेको छ । मध्यान्तर अगाडि डिलाइट क्लबका विवेक कवाँले पहिलो गोल गरेका थिए । त्यसपछि बासुकी युवा क्लबका शेरबहादुर रानामगरले आत्मघाती गोल गरेका थिए । मध्यान्तर पछि उन्नाचालीसौं मिनेटमा डिलाइट क्लबका आशिश श्रेष्ठले गोल गरे । सो खेलमा भक्तपुर डिलाईट फूटबल क्लबका मणि व्यञ्जनकार म्यान अफ दि म्याच हुन सफल भए ।
फाइन खेल साउना २५ गते शनिबार नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा बिहान ८ः०० बजे हुने उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो ।