नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफूले सिरियाली सैनिक हवाईक्षेत्रमा मिसाइल हमला गर्न आदेश दिएको बताएका छन् । उनले सिरियामाथिको हमला आफ्नो राष्ट्रको ‘महत्वपूर्ण चासो’ को विषय भएको बताएका छन् । संरा अमेरिकी राज्य फ्लोरिडास्थित आफ्नै मार–ए– लागो रिसोर्टमा पत्रकारबीच बोल्दै ट्रम्पले सिरिया सरकारले ‘संरा सङ्घीय सुरक्षा परिषद्को आग्रह उल्लंघन गरेको’ आरोप लगाए ।
‘सिरियामाथि भएको षड्यन्त्रका विषयमा अन्तर्राष्ट्रिय जगत प्रष्ट हुँदै गएको परिपेक्ष्यमा सिरिया सरकार उत्साहित भएको बेलामा प्राणघातक रसायनिक हमला गर्नु कल्पना बाहिरको कुरा हो’
‘प्राणघातक रसायनिक हतियारको प्रयोग र बिस्तार रोक्न र त्यसबाट बचाउन सिरियामाथिको हमला संरा अमेरिकी राष्ट्रिय हितमा छ ।’, ट्रम्पले भने ।
‘शरणार्थी समस्या अझ गहिरो बन्नेछ र सो क्षेत्रमा अस्थीरता जारी रहनेछ’, उनले भने ।
हालै सार्वजनिक एक समाचारअनुसार संरा अमेरिकी युद्धकविमानहरुले सिरियाली सरकारी हवाई अड्डाहरुमा ५० वटा भन्दा बढी तोमाहक क्रुज मिसाइल हमला गरेको थियो ।
संरा अमेरिकाले मंगलबार सिरियाको उत्तरपश्चिम प्रान्त इड्लिबमा ७० भन्दा बढी सर्वसाधारण मर्ने गरी र सयौं जना घाइते हुने गरी भएको रसायनिक हमलाको लागि सिरियाली सरकारी हवाईअड्डाका सिरियाली विमानहरु दोषी रहेको आरोप लगाएको छ ।
संरा अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनले एक अमेरिकी रक्षा अधिकारीलाई उद्र्धत गर्दै सिरियाको पूर्वी भेगमा भएको संरा अमेरिकी युद्धकविमान हमला विमान मार्ग, हवाई जहाज र इन्धन केन्द्रहरुप्रति लक्षित भएको बताए ।
बिहीबार राति संरा अमेरिकी गुप्तचर अधिकारी एडम स्कीफले ‘तत्काल सिरियामाथि हमला गर्ने थप योजना नभएको’ बताए ।
सिरियाका विदेशमन्त्री वालिद एल–माउलेमले बिहीबार बिहान सिरियाली सरकारी सेनाले विद्रोही नियन्त्रित इब्लिबमा गरेको हमलामा विद्रोहीहरुले लुकाएको हानिकारक रसायनको भण्डारण पोखिएको बताएका छन् । उनले सिरियाली सेनाले कुनै प्राणघातक रसायनिक हमला समेत नगरेको बताए ।
दमास्कसमा आयोजित एक प्रेस सम्मेलनमा सिरियाले हानिकारक रसायनिक हमला गरेको भन्ने आरोप झुठ भएको प्रष्ट पारे ।
उनले भने ‘सिरियामाथि भएको षड्यन्त्रका विषयमा अन्तर्राष्ट्रिय जगत प्रष्ट हुँदै गएको परिपेक्ष्यमा सिरिया सरकार उत्साहित भएको बेलामा प्राणघातक रसायनिक हमला गर्नु कल्पना बाहिरको कुरा हो।’
Leave a Reply