भर्खरै :

निर्वाचन जनताको चेतनास्तर मापणको व्यारोमिटर

भक्तपुर, २५ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले थ्रेसहोल्डको काँचो धागोले नेमकिपालाई नियन्त्रण गर्न नसक्ने दोहो¥याउनुभएको छ ।
पार्टीको भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा सङ्घको केन्द्रीय परिषद्मा बोल्दै अध्यक्ष रोहितले नेमकिपा दलहरू प्रतिबन्धित रहेको पञ्चायती कालमा जन्मेर हुर्केर आएको पार्टी भएकोले थ्रेसहोल्ड लगाउँदैमा नखुम्चने स्पष्ट पार्नुभयो ।
नेमकिपाले निरन्तर कामदार वर्गका जनतालाई सचेत र संगठित पार्दै देश र जनताको हित र समाजवादी क्रान्तिको निम्ति तयारी गर्दैै जाने उहाँले बताउनुभयो ।
निर्वाचनलाई नेमकिपाले जनताको चेतनास्तर मापन गर्ने व्यारोमिटरको रूपमा लिंदै आएको बताउँदै चुनाव जिते पनि र हारे पनि जनताको सेवा गर्दै जानेछ भन्नुभयो ।
स्थानीय तहको सरकारलाई व्यापक जनताको हितमा उपयोग गर्न नेमकिपाका प्रतिनिधिहरू जितेमा शिशुशाला र बालोद्यानहरू तथा अस्पताल र कलेजहरू खोल्ने बन्दोबस्त गर्नेछन् भन्नुभयो ।
उहाँले पार्टी कार्यकर्ताहरू वैज्ञानिक दृष्टिकोणले युक्त भएर समाजलाई नै लोभ र अन्धविश्वासबाट मुक्त गर्न लागिपर्न निर्देशन दिनुभयो । समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै
अध्यक्ष बिजुक्छेंले पूँजीवाद र समाजवादबीच कुनले जित्ने भनी सङ्घर्ष जारी रहेको बताउँदै जनचेतना वृद्धिसँगै पूँजीवादको अन्त्य र समाजवादको उदय अपरिहार्य छ भन्नुभयो ।
भारतमा हिन्दू फासीवादको उदय एसिया र विश्वकै निम्ति खतरा भएको औंल्याउँदै उहाँले पश्चिमाहरूको स्वार्थ र जालझेलअनुसारै भारतमा नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकार बनेको हो भन्नुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसाको अध्यक्षतामा चालू केन्द्रीय परिषद्मा नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद डिल्लीप्रसाद काफ्लेले राजनीतिक दलमाथिको थ्रेसहोल्ड वर्गसङ्घर्षलाई कमजोर बनाउने पूँजीवादीहरुको जालझेल भएको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य एवं नेक्रायुसङ्घका सल्लाहकार उकेश कवांले स्थानीय तहको निर्वाचनमा युवाहरूले स्वयंसेवकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
परिषद्मा सङ्घका केन्द्रीय उपाध्यक्ष राजवीर डंगोल, सचिव शड्ढर भण्डारीले पनि मन्तव्य राख्नुभएको थियो ।
परिषद्मा जिल्ला–जिल्लाको प्रतिवेदन प्रस्तुत गर्ने क्रम चालू छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *