यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाण्डौ, २५ चैत । विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयले आफूसँग बिना कुनै परामर्श हचुवाको भरमा काठमाण्डौ उपत्यकाका सबै आंगिक क्याम्पसहरुमा सेमेस्टर प्रणाली लागु गरेको भन्दै रोष प्रकट गरेका छन् । शुक्रबार नेपाल विद्यार्थी सङ्घको कार्यालयमा बसेको संयुक्त बैठकमा विद्यार्थी नेताहरुले क्याम्पसहरुमा भौतिक पूर्वाधार र शैक्षिक जनशक्ति अभावको कुनै पर्वाह नगरी पत्रिका सूचनाको भरमा सेमेस्टर प्रणाली लागु गर्दा त्रिविलाई धरासायी बनाउने निष्कर्ष निकालेका छन् । ‘केन्द्रीय क्याम्पसमा सेमेस्टर लागु भएपश्चातको समयको कुनै समीक्षा नगरी जबरजस्ती सेमेस्टर प्रणाली लागु गरेको छ ।’, एक जना विद्यार्थी नेताले भने ।
उनीहरुले तत्काल खुला विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि नबढ्दासम्म सेमेस्टर प्रणाली लागु गर्नु धेरै विद्यार्थीहरुलाई विश्वविद्यालय शिक्षाबाट बञ्चित गर्ने षड्यन्त्र हुने बताएका छन् ।
विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुले मनपरी शुल्क वृद्धि गरेकोमा विरोध गर्दै जिल्लामा जिल्ला शिक्षा कार्यालयअन्तर्गत बनेका जिल्ला शुल्क निर्धारण समितिमा विद्यार्थी संगठनहरुको प्रतिनिधित्वको माग गरेका छन् । साथै केन्द्रमा कडाईका साथ अनुगमन र नियमविपरीतका विद्यालयहरुलाई कार्यबाहीको दायरामा ल्याउन माग गरिएका छन् ।
पाठ्यपुस्तक अभावका विषयमा ध्यानाकर्षण गर्दै विद्यार्थी संगठनहरुले कुनै पनि बहानामा पाठ्यपुस्तक अभाव नहुने अवस्थाको लागि सरकारलाई आग्रह गरेको छ । साथै अनुमति नलिई सञ्चालनमा रहेका गैरकानुनी निजी विद्यालयहरु बन्द गर्न माग गरिएको छ । बैठकपश्चात जारी वक्तव्यमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष नीरज लवजू, नेविसङ्घका सभापति नैनसिं महर, अनेरास्ववियुका कार्यबाहक अध्यक्ष रश्मी आचार्य, अखिल क्रान्तिकारीका उपाध्यक्ष विजयदेव भट्टराई, अखिल क्रान्तिकारीका अध्यक्ष शेवन्तराज भण्डारी, तराई मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्र र राप्रविसङ्घका अध्यक्ष राजीव लामिछानेलगायतले हस्ताक्षर गर्नुभएको छ ।
Leave a Reply