भक्तपुर बहिरा सङ्घको ३० औँ वार्षिक साधारणसभा तथा १५ औँ अधिवेशन उद्घाटन
- भाद्र २०, २०८३
भक्तपुर, २६ साउन । लोकेश्वर साकोसको मोबाइल बैङ्किङ सेवा संस्थाका संस्थापक सदस्य रवीन्द्र खर्बुजाले आइतबार शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा प्रमुख खर्बुजाले कुनै पनि मुलुककोे विकासमा विज्ञान र प्रविधिको महत्वपूर्ण भूमिका रहने र प्रविधिको विकास शिक्षाबाट मात्र सम्भव हुने भएकोले वैज्ञानिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो । कुनै प्राविधिक शिक्षालाई सैद्धान्तिकरूपमा मात्र नभई प्रयोगात्मक र व्यवहारिकरूपमा ल्याउन सके विकास हुने विचार उहाँले राख्नुभयो ।
संस्थाका अध्यक्ष राजन जतिले अहिलेको २१ औँ शताब्दीमा समयको मागअनुसार संस्थाका सदस्यहरूलाई मोबाइल बैङ्किङ सेवाजस्तो आधुनिक प्रविधिको सेवा दिनु अत्यन्त आवश्यक रहेको बताउनुभयो ।
त्रिवेणी सफ्टवेयर प्रा.लि.का अध्यक्ष विश्वराम मचामसी र मोबाइल बैङ्किङ सेवा प्रवद्र्धक हाम्रो टेक्नोलोजि प्रा.लि. का प्राविधिक विपिन आलेमगरबाट मोबाइल बैङ्किङका सेवा सुविधाहरूको बारेमा जानकारी दिइएको उक्त कार्यक्रममा संस्थाका सचिव कृष्णराम तुकंबन्जारले पनि बोल्नुभएको थियो ।
त्यस्तै संस्थाको महिला उपसमितिको आयोजनामा एकदिने अमिलो बनाउने तालिम पनि सम्पन्न भयो । तालिममा सहभागी महिलाहरूले ६ थरीको अमिलो बनाउन सिकेको कार्यक्रमका संयोजक लक्ष्मीश्वरी मातांले जानकारी दिनुभयो ।
Leave a Reply