भर्खरै :

कर्णालीमा आत्महत्याको अवस्था डरलाग्दो, नीतिगत सुधार आवश्यक

सुर्खेत, २६ साउन । आत्महत्या समाज विकासको निकै ठूलो बाधक घटना बन्दै गएको छ । समाजमा घट्ने यस्ता प्रकारका घटनाले पारिवारिकमात्र होइन, सांस्कृतिक, सामाजिक र आर्थिक वातावरणमा समेत प्रभाव पार्न थालेको छ ।
आत्महत्याका घटनाको प्रभाव गाउँभन्दा सहरमा बढी भएको पाइएको छ । पछिल्लो समयमा यो समस्या र चुनौतीको रूपमा देखापरेको छ । यद्यपि हाम्रो समाजमा आत्महत्या किन बढ्दै गएको छ र यसको रोकथाम के हो ? भन्ने विषयमा त्यति गहिरो अध्ययन अनुसन्धान गरेको पनि पाइँदैन ।
सरकारले भने आत्महत्याको नकारात्मक प्रभाव रोक्न एवं व्यक्तिको बाँच्न पाउने अधिकार सुरक्षित गर्न थुप्रै जनचेतनामूलक कार्यक्रम गर्नुका साथै आपराधिक गतिविधि गराउनेविरुद्ध कडा कानुनी कारबाहीको व्यवस्था गरेको छ । गैरसरकारी सङ्घ÷संस्थाले पनि यस क्षेत्रमा ठूलै लगानी गरेको पाइन्छ । तथापि यस्ता गतिविधिले समाजमा आत्महत्याका घटना घट्नुको सट्टा बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाउँछन् ।
मुख्यगरी घरको अभिभावकले त्यसो गर्दा आश्रित परिवारका सदस्यमा पर्ने मनोवैज्ञानिक, सामाजिक, व्यक्तिगत प्रभाव र त्यसले कुनै पनि समाजको शान्ति तथा विकासमा पर्न जाने असर निकै डरलाग्दो हुने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो ।
सहरी रहनसहन, बदलिँदो जीवनशैली, बेरोजगारी, गरीबी, अपरिपक्व सोच, प्रेममा धोका, सम्बन्धविच्छेद, मदिरा, पारिवारिक बिग्रह÷कलह, परीक्षामा असफलता, मानसिक रोग, आन्तरिक द्वन्द्व, घरेलु तथा लै·िक हिंसा, मादक पदार्थको सेवन, तनावपूर्ण तथा थकित जीवन आत्महत्याका मुख्य कारण भएको प्रहरी नायब महानिरीक्षक जोशीले बताउनुभयो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले यस प्रदेशको आव २०७२÷७३–२०७५÷७६ मा आत्महत्याका घटनाको तथ्याङ्क अध्ययन गर्दा ९२७ ले आत्महत्या गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तथ्याङ्कको अध्ययनअनुसार आत्महत्या गर्नेहरूमा बढी १६ देखि ३० वर्ष उमेर समूहका (३७ प्रतिशत) र त्यसपछि ३१ देखि ४१ वर्ष उमेर समूहका (२६ प्रतिशत) छन् । ७३ प्रतिशतले डोरी लगाएर र २७ प्रतिशतले विषपानलगायत अन्य चिज प्रयोग गरी आत्महत्या गर्ने गरेको पाइन्छ ।”
आव २०७५÷७६ लि·का आधारमा पुरुष, उमेर समूहअन्तर्गत १६–३० वर्ष, वैवाहिक अवस्था हेर्दा विवाहित, वर्गमा दलित, पेशामा कृषि, क्षेत्रगतरूपमा ग्रामीण इलाका, शैक्षिक योग्यताका हिसाबले निरक्षर र कारणमा गरीबीले आत्महत्या गर्ने गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा छ । त्यसैगरी, आत्महत्या बढी भएको उल्लेख गर्दा, जिल्लामा सुर्खेत, महिनामा भदौ, दिनमा शनिबार, समयमा १८–२४÷१२–१८ घण्टाको अवधि, प्रकृतिमा झुण्डिएर आत्महत्या गरेको पाइएको छ ।
गत आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा सबैभन्दा बढी सुर्खेतमा ९२ जनाले आत्महत्या गरेका छन् । त्यसपछि सल्यानमा ५०, दैलेखमा ४३, रुकुम पश्चिममा ३२, जुम्लामा १०, जाजरकोट र मुगुमा छ÷छ, हुम्लामा एक जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले अभिलेखीकरण गरेको तथ्याङ्कअनुसार डोल्पा जिल्लामा गत आवमा आत्महत्या गर्नेको सङ्ख्या शून्य छ ।
यसको विषयमा अधिकारकर्मी गीता कोइरालाले लै·िक हिंसाका कारण पछिल्ला वर्षहरूमा आत्महत्याका घटना बढेको बताउनुभयो । “महिला होस् या पुरुष हिंसामा पर्दा तत्कालीन परिस्थितिको सामना गर्न नसक्नुको परिणाम यस्ता घटनाहरू घट्ने गरेका छन्” अधिकारकर्मी कोइरालाले भन्नुभयो ।
अधिवक्ता दुर्गा सापकोटाका अनुसार बेराजगारी, घरायसी अशान्त वातावरणबाट उब्जने निराशाको परिणामस्वरूप आत्महत्याका घटना घट्ने गरेका छन् । “जीवनमा आफूले सोचेको जस्तो भएन भने र असफलताहरू हुँदै जाँदा व्यक्ति निरास हुन्छ । जसको कारण उसमा दिक्दारीपन आउँछ” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *