भर्खरै :

मध्यपुरमा रञ्जना लिपि कक्षा

मध्यपुर थिमि, २८ साउन । लोपोन्मुख विभिन्न लिपिहरुमध्ये रञ्जना लिपिलाई व्यापकता र प्रचारप्रसार गर्ने उद्देश्यले मध्यपुर थिमिमा रञ्जना लिपिसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन भएको छ । रञ्जना लिपिलाई जनमानसमा पु¥याउने हेतुले मध्यपुर थिमिमा रञ्जना लिपि क्यालिग्राफी समूह नै गठन गरी नगरका विभिन्न टोलहरुमा प्रत्येक महिनाको एक पटक रञ्जना लिपि लेख्ने प्रशिक्षण कक्षा सञ्चालन भइरहेको छ ।
समूहका संयोजक एवम् लिपिका प्रशिक्षक विक्की बज्राचार्यका अनुसार लोपोन्मुख रञ्जना लिपिलाई जनमानसमा जानकारी दिने र लिपिको बारेमा व्यापक प्रचारप्रसार गर्ने अभिप्रायले गत जेठ ३२ गते स्थानीय लाय्कु परिसरमा, असार २८ गते दिगुटोल र साउन २५ गते शनिबार चपाचोमा लिपिका बारेमा प्रशिक्षण दिइएको छ ।
नेपाल लिपि गुठी काठमाडौँको केही सहयोगमा लिपिबारे प्रशिक्षण दिँदै आइरहेको बज्राचार्यले बताउनुभयो ।
लिपिसम्बन्धी प्रशिक्षण लिन करिब डेढ महिना लाग्ने भन्दै उहाँले केही घण्टाको प्रशिक्षणमा रञ्जना लिपिबाट आप्mनो नाम लेख्ने र लिपिसम्बन्धी सामान्य जानकारी हासिल गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *