अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
मोहन पौडेल
परासी, ३२ साउन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग जोडिएको ऐतिहासिक देवदह ताल तरगौली ओझेलमा परेको छ । देवदह तालको आवश्यक प्रचारप्रसार तथा विकास हुन नसक्दा ऐतिहासिक महत्व भएर पनि यो ताल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिकाको ज्यामिरेबाट चार किलोमिटर दक्षिणमा रहेको यो ताल क्षेत्रमा ऐतिहासिक साम्यमाई मन्दिर, बौद्ध गुम्बा, सभाकक्ष, सुन्दर बगैँचा र हरियालीसहितको रमणीय वातावरण रहेको छ । उचित सरसफाइको कमीका कारण ताल भने जलकुम्भीले भरिएको छ । दहको छेउछाउमा भने निर्माण कार्य भएको छ । वरिपरि तारजालीले घेरिएको छ । साम्यमाई मन्दिर परिसरमा फलफूलका बोट विरुवा लगाइएको छ ।
देवदह ताल तरगौलीमा कोलिय गणराज्यभित्र पर्ने मायादेवी (भगवान् गौतमबुद्धकी आमा)ले स्नान गरेको तथा सो क्षेत्रमा मायादेवीकी माइली बैनी साम्यमाईको परिवार बसोवास गर्ने सुन्दर राजमहल रहेको बुदस्य जीवनमा वृत्तान्त नामक ग्रन्थमा उल्लेख भएको पाइन्छ । वास्तविक देवदह ताल यही तरगौली भए पनि ओझेलमा पर्दै गएको ऐतिहासिक देवदह ताल संरक्षण समितिका अध्यक्ष टेकबहादुर कार्की बताउनुहुन्छ ।
“बुद्धसँग जोडिएको भए पनि यो देवदह तालको उत्खनन हुन सकेको छैन, हामीले उत्खननका लागि धेरै प्रयास पनि ग¥यौँ, तर सफल भएको छैन”, उहाँले भन्नुभयो, ँस्थानीय बासिन्दाको सक्रियता, क्रियाशीलता र पहलमा यहाँ रहेको साम्यमाई मन्दिरको संरक्षण र निर्माण, पर्यटन मन्त्रालय लगायतको सहयोगबाट यसको पूर्वाधार सहयोगका काम भइरहेका छन् ।”
ऐतिहासिक देवदह ताल संरक्षण एवं पुनःनिर्माण समाज नामक संस्था स्थापना गरी विसं २०६४ देखि मात्र यहाँको संरक्षण थालिएको उहाँले बताउनुभयो तर पनि यस ठाउँको धार्मिक तथा पुरातात्विक महत्व दर्शाउने गरी प्रचारप्रसार तथा व्यवस्थित योजना बनाउने कार्यमा प्रभावकारिता आउन नसकेको अध्यक्ष कार्की बताउनुहुन्छ ।
प्राचीन समयमा दहको बीचमा उल्का तारा खसेको र त्यसलाई भोजपुरी भाषामा ‘तर भनिने हुँदा पछि तर गाउँ’ भन्दा भन्दै तरगौली नाम रहन गएको समितिका कोषाध्यक्ष रामबहादुर महत्तो बताउनहुन्छ । ‘कहिलेकाहीं दहको बीचमा सुनको नथुनी लगाएको माछा देखिने गर्दथ्यो तर पछि लोप भएको तथा ती माछा खान पनि नहुने विश्वास रहेको छ’, उहाँले भन्नुभयो ।
Leave a Reply