भर्खरै :

भक्तपुरमा हाप्किडोसम्बन्धी अभिमुखीकरण

भक्तपुर ३२ साउन ।
भक्तपुर मार्सल आर्टस हाप्किडो सङ्घको आयोजनामा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा नेपाल सितोरियो कराते फेडरेसनका अध्यक्ष पुरेन्द्रविक्रम लाखेको प्रमुख आतिथ्यतामा मार्सल आर्टस हाप्किडोसम्बन्धी अभिमुखीकरण, पदस्थापन तथा कदरपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा फेडेरेसनका अध्यक्ष लाखेले मार्सल आर्टस खेल बुद्धको अनुयायीले आफ्नो बचाउको लागि आत्मरक्षा कला प्रयोगमा ल्याएको र मार्सल आर्टसको जन्मस्थल नेपाल नै हुनसक्ने धारणा राख्नुभयो ।
नेपाल मार्सल आर्टस हाप्किडो सङ्घका उपाध्यक्ष नारायण पौडेलले सङ्घ अझ सशक्त ढङ्गबाट खेल, खेलाडी र समाजमा उदाहरणीय बन्ने कामना गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य इन्दिरा निरौलाले भक्तपुर खेलकुद क्षेत्रमा विकास भए पनि केन्द्रबाट दिइने आवश्यक पूर्वाधारबाट भक्तपुर बञ्चित भएको बताउनुभयो ।
भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले मार्शल आर्टस हाप्किडो कलाको अध्ययन गर्दा भर्खरका युवामा मात्र होइन ज्येष्ठ नागरिक पनि सिक्न लालयित हुने उल्लेख गर्नुभयो ।
नेपाल मार्सल आटर््स हाप्किडो सङ्घका प्रमुख प्रशिक्षक लानम लामाले मार्सल आटर््स हाप्किडोसम्बन्धी प्रशिक्षण दिनुभएको सो कार्यक्रममा नेवाः मिसा पुचः न्हपांगु पःलाका संस्थापक शिला साय्मी, सिद्धिस्मृति प्रतिष्ठानका संस्थापक श्यामसुन्दर धौभडेल, नेपाल उसु सङ्घका उपाध्यक्ष राजिव महर्जनले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा पुरेन्द्रविक्रम लाखेबाट नवगठित सङ्घका अध्यक्ष एवम् नेपाल मार्सल आटर््स हाप्किडो सङ्घका प्रशिक्षक पद्मा खयरगोलीलाई हाप्किडो सङ्घको प्रमाणपत्र एवम् लाइसेन्स दोश्रो डन प्रदान गरिएको थियो भने पदस्थापन कार्यक्रममा संघका सबै सदस्यहरूलगायत सल्लाहकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
भक्तपुर मार्सल आटर््स हाप्किडो सङ्घका अध्यक्ष पद्मा खयरगोलीको सभापतित्वमा भएको कार्यक्रममा सङ्घका सल्लाहकार राजु सिं बजिको र सचिव सुरेन्द्र जाकिबञ्जार, उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *