भर्खरै :

दसदिने विशेष फोटोग्राफी तालिम सम्पन्न

भक्तपुर, ४ भदौ । लिबाली आवास क्षेत्र विकास समितिको आयोजनामा भएको १० दिने विशेष फोटोग्राफी तालिमको समापन बुधबार भयो ।
समापन कार्यक्रममा प्रदेश नं.३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राजनैतिक गतिविधिमा फोटोग्राफरको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै हरेक फोटोग्राफरहरूले पत्रकारिताको ज्ञान हुनुपर्ने बताउनुभयो । उहाँले एउटा फोटोले पनि देशको राजनीति एवम् देश विकासमा महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
भक्तपुर नपा वडा नं.८ का वडाध्यक्ष महेन्द्र खायमलीले लिबाली क्षेत्रमा भइरहेका विकास निर्माणको गतिविधिबारे जानकारी दिनुभयो ।
फोटोग्राफी तालिमका प्रशिक्षक शरद् राईले फोटोग्राफीले समाज परिवर्तनमा सहयोग पुग्ने उल्लेख गर्दै आफ्नो व्यक्तित्व विकास हुने खालका सीपहरूले प्रशिक्षार्थीहरूलाई धेरै टेवा पुग्ने विचार राख्नुभयो ।
कार्यक्रममा किपाः ग्राफी भक्तपुरका अध्यक्ष एवम् फोटोग्राफी तालिमका संयोजक अच्युत प्रजापति, प्रशिक्षार्थीहरूको तर्फबाट नारायणी खोंजू, विमल प्रजापति, लिबाली आवास क्षेत्र विकास समितिका अध्यक्ष बलराम प्रजापतिलगायतले बोल्नुभएको थियो ।
१० दिने स्पेसल फोटोग्राफी तालिममा २३ जना प्रशिक्षार्थी सहभागी थिए । तालिम साउन २३ गतेदेखि सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *