भर्खरै :

संरा अमेरिकाको निशाना बन्दै सिरिया र भेनेजुयला

भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले शुक्रबार संरा अमेरिकाले सिरियाको हवाईअड्डामा गरेको मिसाइल हमलाको विरोध गरेका छन् । उनले अमेरिकी हमलालाई ‘अवैधानिक’ र ‘अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’ भएको आरोप लगाएका छन् ।
सिरिया र भेनेजुयलामाथि भएको हमलाबीच समानता खिच्दै बोलिभारियाली क्रान्तिका नेता माडुरोले ‘अरु देशहरुमाथि हमला गर्न संरा अमेरिकी साम्राज्यवादले झुठको सहारा लिने गरेको’ बताए ।
उनले उदाहरणको रुपमा लिविया र इराकलाई अघि सारे । सिरियाप्रति ऐक्यबद्धता जनाउँदै उनले भने,‘भेनेजुयला अन्याय, युद्ध र हत्याको विरोधमा कहिल्यै मौन बस्दैन ।’

‘म संसारमा यो अतिवादी विचारविरुद्ध विवेक र मानवताको भावनाका लागि विश्वसमक्ष आह्वान गर्दछु’, उनले भने ।

माडुरोका अनुसार दुवै सिरिया र भेनेजुयलामाथि संरा अमेरिकी साम्राज्यवादका स्वार्थहरु फत्ते गर्न अस्थीरता निम्त्याउन आन्तरिक ‘अतिवादी’ शक्तिहरुले हमला गरेको बताएका छन् । भेनेजुयलामा अस्थीरता फैलाउने ती शक्तिहरुले दक्षिणपन्थी प्रदर्शन र राजनीतिक उत्तेजना फैलाउने काम गरिरहेको उनको भनाई थियो । गएको मंगलबारदेखि भेनेजुयलामा दक्षिणपन्थी विपक्षीहरुले सरकारी सुरक्षाकर्मी र प्रहरीहरुमाथि लाठ्ठी, ढुंगा र कुचिएका क्यानहरुले हमला गरिरहेका छन् । हालै भेनेजुयलाको सर्वोच्च अदालतले त्यहाँको राष्ट्रिय सभाका कतिपय अधिकार आफूमा निहीत गरेको विरोधमा दक्षिणपन्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रिय सभाले संविधानका केही प्रावधानहरु खारेज गर्न खोजे पछि सर्वोच्च अदालतले सो प्रयासलाई खारेज गरेको थियो ।
भेनेजुयलाको राष्ट्रिय सभामा विपक्षहरुको प्रभाव बलियो छ । सभाले विपक्षहरुले गरिरहेको सडक आन्दोलनको समर्थन गरिरहेको छ । भेनेजुयलाको प्रजातान्त्रिक सरकारविरुद्ध ‘कारबाही गर्ने’ संरा अमेरिकी कांग्रेसको निर्णयसँगै विपक्षहरुले विरोध प्रदर्शनलाई व्यापक बनाएको थियो । गएको बिहीबार वाशिंटन डीसीमा संरा अमेरिकी सिनेटरहरुसँगको एउटा बैठकमा भेनेजुयलाका विपक्षी दलका नेता जुलियो बोर्गले संरा अमेरिकी सरकारलाई माडुरो सरकारविरुद्ध ‘प्रभावकारी दबाब’ पु¥याउन आग्रह गरेका थिए ।
सिरियामा संरा अमेरिकाको नयाँ हमलाका लागि आह्वान गर्ने शक्तिहरु नै अस्थीरताका कारक बनेका छन्, माडुरोले भने ।
‘म संसारमा यो अतिवादी विचारविरुद्ध विवेक र मानवताको भावनाका लागि विश्वसमक्ष आह्वान गर्दछु’, उनले भने ।
भेनेजुयलामा संरा अमेरिकी हमला यति बाक्लो भएको छ, त्यहाँको बोलिभारियाली सशस्त्र सेनाले निकट भविष्यमा ठूलो आकारको द्वन्द्व हुन सक्ने आंकलन समेत गरेको छ । भेनेजुयलामा सत्ता परिवर्तनको लागि संरा अमेरिकी दक्षिणी कमाण्डको चुनौतीको प्रतिक्रियामा समाजवादी देश भेनेजुयलाका विदेश मन्त्रालय र रक्षा मन्त्रालयले विश्वव्यापी ध्यानाकर्षणको माग गरेको छ । ्
‘भेनेजुयलाको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई न्यूनांकन गरी चालु योजनाबारे हामी सम्पूर्ण अन्तर्राष्ट्रिय जगतलाई सजग बनाउन चाहन्छौं । संरा संघको बडापत्र र उसका सिद्धान्त तथा लक्ष्य विपरीत त्यस्ता योजना बनेका छन् ।’ भेनेजुयला सरकारले शुक्रबार जारी गरेको वक्तव्यमा भनिएको छ ।
‘हाम्रो देशमाथि भइरहेको यो गम्भीर हमलाको परिपेक्ष्यमा हाम्रो अमेरिकाका सबै जनतालाई हामी आह्वान गर्दछौं ।’, वक्तव्यमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *