भर्खरै :

बालविकासमा चिनियाँ ड्रागन (फोटो सहित)

भक्तपुर, २६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष सांसद नारायणमान बिजुक्छें (रोहित) ले विद्यालयहरूले विद्यार्थीमा देशभक्तिको भावना जगाउनुपर्ने बताउनुभयो । शनिबार भक्तपुरमा बाल विकास सेकेण्डरी स्कूलको २९ औं वार्षिकोत्सव तथा तेस्रो खुला शैक्षिक मेलामा प्रमुख अतिथिको मन्तव्य राख्दै उहाँले अहिलेका शासक दलका नेता तथा उच्च ओहोदाका सरकारी कर्मचारीहरूमा देशभक्तिको भावनाको अभाव रहेकोले विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई देशको अवस्था, छिमेकी देशहरूको व्यवहार, आफ्नो कर्तव्यका बारेमा बताउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले अभिभावकहरूले आफ्ना सन्ताहरूलाई उच्च अध्ययन गर्न विदेश पठाए पनि पढाइ सकिएपछि स्वदेश फर्केर स्वदेशको उन्नतिमा समर्पित हुन प्रेरित गर्नुपर्ने धारणा राख्नुभयो ।
राम्रो शिक्षा आर्जन गरेका आफ्ना सन्तानहरू विदेशीको नोकरीमा लागेकोमा हामीले गौरव गर्न थाल्यौं भने देशको उन्नतिमा कहिल्यै गौरव गर्न नसकिने भएकोले अभिभावकहरूले आफ्ना सन्तानलाई आफ्नो देशप्रति गर्व गर्न सिकाउनुपर्छ, अध्यक्ष रोहितले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चैत्यराज शाक्यले कुनै समय अशिक्षा र फोहोरको केन्द्रका रुपमा चिनिएको भक्तपुर अहिले यहाँका जनप्रतिनिधि र जनताको अथक प्रयासले ज्ञान, विज्ञान, सरसफाई तथा शिक्षाको केन्द्रका रुपमा चिनिन थालेको बताउनुभयो ।
उहाँले एसएलसी परीक्षाको नतिजामा भक्तपुरले सबै जिल्लालाई पछाडि पारेको चर्चा गर्दै भक्तपुर नगरपालिकाले कलेज, अस्पताल हुँदै विश्वविद्यालयसम्म सञ्चालन गर्ने अवस्थामा पुगेको बताउँदै सो अरुका लागि सिक्नुपर्ने कुरा भएको बताउनुभयो ।
उहाँले भक्तपुरले देशभरका विद्यार्थीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको बताउँदै विभिन्न क्षेत्रबाट भक्तपुरको शैक्षिक अभियान र अभ्यासको प्रशंसा भएको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले विद्यालयले विद्यार्थीहरूलाई समय, समाज र राष्ट्रको आवश्यकताअनुसारको शिक्षा दिने प्रयास गरिरहेको उल्लेख गर्दै विद्यालयले विद्यार्थीहरूलाई प्रमाणपत्रमा प्रदान नगरी विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिएको बताउनुभयो ।
शुभकामना मन्तव्य राख्दै चिनियाँ सांस्कृतिक केन्द्रका प्रमुख यीन कुनसुङले विद्यालयले गरिरहेका गतिविधि देखेर आपूm एकदमै प्रभावित भएको बताउँदै आगामी दिनमा पनि भाषा, सभ्यता, संस्कृति आदानप्रदान गर्न आपूmहरू इच्छुक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थागत विद्यालय संघ नेपाल (इसान) का सचिव राम कासुलाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शिक्षकहरू सीता प्रजापति, शड्ढर आचार्य र मनिषा श्रेष्ठले पनि विद्यालयका गतिविधिबारे चर्चा गर्नुभएको थियो ।




















 

Leave a Reply

Your email address will not be published. Required fields are marked *