भर्खरै :

‘भोटको रेट कति हो ?’

एल जोशी
गैरआवासीय नेपाली सङ्घ (NRN) अस्ट्रेलियाको राष्ट्रिय समितिको चुनाव पहिलो पटक विवादित भएको बताइएको छ । गएको जुलाई ६ का दिन भएको उक्त चुनावकोे अवलोकन गर्ने अवसर काकतालीले प्राप्त भएको थियो । अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नको मतदान स्थलमा पुग्दा त्यहाँ नेपाली मतदाताहरूको ठूलो जमघट देखेँ । मतदानस्थलमा उम्मेदवारहरूका ठूलठूला पोष्टरहरू ठड्याइएका थिए । नेपालीहरूको जमघटको अवसर जुटेकोलाई सदुपयोग गर्दै एकआपसमा भलाकुसारी गर्दै थिए भने कोही आ—आप्mना पक्षका उम्मेदवारहरूको सूची थमाउँदै मत माग्दै थिए । त्यस क्रममा एक मतदाता ‘रेट’ कति हो’ भनी सोध्दै थिए भने सायद उम्मेदवारका प्रतिनिधिले ‘मत दिनुस् रेट थाहा भइहाल्छ’ भनी हाँस्दै जवाफ दिइरहेका थिए । ख्यालठट्टाजस्तो त्यस वार्तालापको अन्तर्यमा चुनावको प्रकृति बुभ्mन गा¥हो भएन ।
त्यस दिन छोरा, बुहारी र नातिसँग हामी (म र श्रीमती) चिडियाघर हेर्न जाने भनेर घरबाट निस्केका थियौँ । शनिबार परेकोले हो कि चिडियाघर बाहिर कार पार्किङ गर्ने ठाउँ नै पाइएन । आधा घण्टाभन्दा बढी समय यो छेउदेखि त्यो छेउसम्म खोज्दा पनि नभेटिएको र अरू थुप्रैले पनि खाली ठाउँ खोजिरहेको देख्यौँ । छोरा बुहारी पनि मतदान गर्न जानुपर्ने तर कार पार्किङको अभाव भएकोले चिडियाघर घुम्न पाइएला जस्तो देखिएन । छोराले उसको साथीलाई फोन गरी मतदान कति बजेसम्म गर्न पाइन्छ र लाइन कति लामो छ भनी सोधे । मतदान गर्न अपरान्ह ५ः३० सम्म लाइनमा बस्नुपर्ने जानकारी दिंदै मतदान केन्द्रको वातावरण ZOO को जस्तै छ भनी जवाफ दिए । त्यसपछि चिडियाघर घुम्ने कार्यक्रम त्यागेर हामी मतदानस्थलतर्फ लाग्यौँ ।
छोरा–बुहारी नातिलाई लिएर मतदान केन्द्रमा प्रवेश गरी हामी मतदानस्थलको वातावरण अवलोकन गर्नथाल्यौँ । मतदाताहरू आउने–जाने क्रम जारी थियो, हामी जस्तै गैरमतदाता २–४ जना नेपालीहरू यताउता चहार्दै थिए । छोराका एक साथी आएर अङ्कल–अन्टीलाई जाडो भए मतदानस्थलको पछाडि घाम लागेको ठाउँमा बस्नुभए हुन्छ भनी बाटो देखाउन आए । छोराले कार मतदानस्थलको पछाडि नै पार्किङ गरेको र हामी हिँडेरै आएकोले हामी आपैmँ जान्छौँ भनी गयौँ ।
मतदान गरिसकेकाहरू पछाडिको ढोकाबाट निस्किँदै थिए । हामी जाडो यामको घाम तापेर बसिरहेका थियौँ । मतदान गरी निस्केकामध्ये कोही साथीसँग ‘नेपालीहरू अस्ट्रेलियामा पनि अनुशासनमा बस्न जानेनन्’ भन्दै थिए । मतदान गर्न आपूm घण्टौं लाममा बसिरहँदा अरू बीच–बीचमा छिरेर मतदान गर्नेहरूप्रति उनको आक्रोश रहेछ । त्यस्तै कोही मतदान प्रक्रिया जटिल भएको, मतपत्र ठूलो भएको, अनावश्यक प्रश्नहरूको जवाफ दिनु परेको आदि एकआपसमा गुनासो गरिरहेका थिए । अनलाइन मतदानको प्रक्रिया अन्तिम अवस्थामा स्थगित गरेकोमा पनि तिनीहरूको आपत्ति रहेछ ।
मतदान सकेर मुख पुछ्दै आउनेहरू कुरा गर्दै थिए ‘खाजा मोमोमात्रै रहेछ’ । उम्मेदवारहरूले आ–आप्mना मतदातालाई खाजाको व्यवस्था गरेका रहेछन् ।
एकजना केटाले परिचित केटीलाई सुनाउँदै थिए–शुल्कसमेत तिरेर सदस्यता बनाइदिएकोले मत दिन आउनै प¥यो  । सदस्यता शुल्क २५ डलर रहेछ । सदस्यता शुल्कबाट झन्डै ३ लाख डलर जम्मा भएको खबर अस्ट्रेलियाको एक पत्रिकाले दिएको थियो ।
दुईवर्षे कार्यकालको लागि भएको उक्त चुनावमा केशव कँडेल र दिनेश पोखरेलको समूह प्रतिस्पर्धामा थियो । नेपाली काङ्ग्रेसको अस्ट्रेलियास्थित जनसम्पर्क समितिले कँडेलको पक्षमा प्रचार गरेको थियो ।
उक्त चुनावलाई भिक्टोरियाका सयौँ मतदाताहरूले गैरकानुनी भन्दै चुनाव रद्द गरी सबै प्रक्रिया स्थगित गर्न माग गरेको समाचार प्रकाशमा आएको छ । तिनीहरूले सामाजिक संस्थालाई राजनीतिकरण गरेको, फर्जी मतदाता बनाएको आदि आरोप लगाएका थिए । त्यसो भन्नेहरूमध्येका ३२ जनाले मेलबर्नको एक अदालतमा मुद्दा हालेका छन् ।
चुनावपछि गरिएको मतगणनाअनुसार अस्ट्रेलियामा झन्डै ११,८१७ मतदाता भएको, आठ मतदान केन्द्रमा खसेको मतमध्ये कँडेलले ४,१४८ मत र पोखरेलले ३,७५७ मत पाएकोले कँडेललाई विजयी घोषित गरिएको छ । तर, अदालतमा मुद्दा परेको कारण शपथग्रहण रोकिएको छ । यस चुनावमा अध्यक्षका दुवै उम्मेदवारलाई मत नदिनेहरूको (No Vote) सङ्ख्या ४६१ थियो ।
‘ब्वाइज क्लव’ को आरोप लागेको एनआरएन अस्ट्रेलिया राष्ट्रिय समितिमा यस पटक पनि मुख्य पदहरूमा महिलाको सङ्ख्या न्यून देखिन्छ ।
प्रकाशित मत परिणामअनुसार आठमध्ये चार मतदान केन्द्रमा पोखरेलले केही बढी मत पाएको देखिन्छ । तर, भिक्टोरियामा भने कँडेलले फराकिलो बढी मत पाएको देखिन्छ । भिक्टोरियामा कँडेलले ९५१ र पोखरेलले २९० मत पाएको देखिन्छ । यसबाट फर्जी मतदाताको बनाएको भनी विरोध गर्नेहरूलाई बल पुगेको देखिन्छ ।
यी पङ्क्ति लेख्दासम्म चुनावका सबै प्रक्रिया खारेज गरी शपथग्रहण रोक्न दिएको उजुरी अदालतमा विचाराधीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *