शैक्षिक प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई आफ्नो सर्वाङ्गीण विकासमा ध्यान दिन आग्रह
- जेष्ठ २९, २०८३
भक्तपुर, ६ भदौ । भक्तपुर नगरपालिकाका नगर प्रमुख एवम् भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले अस्पताल अस्तव्यस्त हुनबाट जोगाउन र क्यान्सर रोगका बिरामीहरूको गुणस्तरीय उपचारको निरन्तरता सुनिश्चित गर्न व्यवस्थापनको जिम्मा नगरपालिकाले लिनु परेको बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाको सभाकक्षमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख प्रजापतिले पूर्व व्यवस्थापन समितिका पदाधिकारीहरूका अनियमितता र अस्पतालको हितविपरीतका नीति निर्णयहरूले त्यहाँ असहज अवस्था उत्पन्न गरेको बताउनुभयो ।
स्थानीय तहका क्षेत्रका सामुदायिक संस्था, अस्पताल, विद्यालय, टीम क्लब आदि कानुनतः स्थानीय तहका सरकारले नियमन र अनुगमन गर्न सक्ने अधिकार भएको र त्यसैका आधारमा क्यान्सर अस्पतालजस्तो संवेदनशील संस्थाको सेवा प्रवाहलाई सुनिश्चितता दिन भक्तपुर नगरपालिकाले जरूरी कदम चालेको बताउँदै उहाँले कतिपय राजनीतिक दलले भक्तपुर नगरपालिकाप्रति पूर्वाग्रही सोच राखेर अस्पतालको विषयमा भ्रामक प्रचारबाजी गर्नु आपत्तिजनक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका पारदर्शिताको नमुना र आर्थिक अनुशासनमा प्रतिबद्ध नगर भएको उदाहरण दिंदै नगर प्रमुख प्रजापतिले नगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालको अव्यवस्था र अस्तव्यस्तता टुलुटुलु हेरेर मात्र बस्न नसकिने प्रस्ट पार्नुभयो ।
कार्यक्रममा उपस्थित विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको प्रश्नको जवाफ दिँदै प्रमुख प्रजापतिले गैरसरकारी संस्थाहरू सरकारको कानुनी नियमनबाट बाहिर नरहेको स्पष्ट पार्नुभयो । उहाँले एनजीओ र आईएनजीओको आर्थिक अनियमितता र भ्रष्टाचारबारे पनि छानबिन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । कुनै पनि संस्थाभित्र भ्रष्टाचार नहोस् भन्ने उद्देश्य भक्तपुर नगरपालिकाको रहेको स्पष्ट पार्दै भक्तपुर क्यान्सर अस्पताल जनताको अस्पताल भएको र जनताकै सम्पत्तिको रूपमा विकास गर्ने धारणा उहाँले राख्नुभयो ।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर एवम् अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालमा विना कुनै गतिरोध जनताको स्वास्थ्य परीक्षण र क्यान्सर पहिचान भएका रोगीहरूको उपचार भइरहेको दैनिक तथ्याङ्क पेश गर्नुभयो । नयाँ व्यवस्थापन समिति गठनपश्चात अस्पतालका कर्मचारीहरूको मनोबल उच्च भएको र अझ लगनशील भई बिरामीको सेवामा कार्यरत रहेको उहाँले बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालको सेवा सुविधामा कुनै किसिमको कमी नभएको र क्यान्सर बिरामीको सेवा अवरूद्ध नहुने प्रतिबद्धता जनाउँदै डा. श्रेष्ठले भदौ १ गतेबाट क्यान्सरबाहेकका रोगहरूको पनि शल्यक्रिया सेवा सुरू भएको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् अस्पताल व्यवस्थापन समितिका सदस्य रवीन्द्र ज्याख्वले क्यान्सर अस्पतालमा विकसित घटनाक्रमबारे जानकारी दिंदै भक्तपुर क्यान्सर अस्पतालसम्बन्धी नगरपालिकाको प्रेस वक्तव्य वाचन गर्नुभएको थियो ।
कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशी र वडाध्यक्ष एवम् अस्पताल व्यवस्थापन समितिका सदस्य उकेश कवांको पनि उपस्थिति थियो ।
यसैबीच भक्तपुर नगरपालिकाका प्रमुख एवम् भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति र नेपाल क्यान्सर रोग निवारण संस्थाका विशिष्ट पदाधिकारीहरूबीच भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्थाबारे नगरपालिकाको सभाकक्षमा छलफल भयो ।
सो अवसरमा नगर प्रमुख प्रजापतिले अस्पतालको वर्तमान स्थितिबारे अवगत गराउँदै भक्तपुर क्यान्सर अस्पताल सबैको साझा संस्था भएको बताउनुभयो ।
अस्पतालमा भएको अनियमितताविरूद्ध सङ्घर्षरत अस्पतालका चिकित्सक एवम् कर्मचारीहरू, स्थानीय जनता र भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिबाट समेत अस्पतालको सञ्चालन एवम् व्यवस्थापनको जिम्मेवारी भक्तपुर नगरपालिकाले लिनको लागि लिखित अनुरोधपत्र पेश भएको जानकारी गराउनुभयो । प्रमुख प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालका जिम्मेवार पदाधिकारीहरूलाई पटक—पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउन नचाहेको कारण स्थानीय जनप्रतिनिधिहरूको नाताले आफ्नो क्षेत्रभित्रको अस्पतालमा देखिएको समस्यालाई तत्काल समाधान गरी थप व्यवस्थित रूपमा सञ्चालन गर्न तथा बिरामीहरूले स्तरीय उपचार पाउने नगरपालिकाको भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन गरेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “अस्पताल व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूबाट अस्पताल सञ्चालन, डाक्टर तथा कर्मचारी नियुक्ति, ल्याब, फार्मेसी, सिटी स्क्यान सेवालगायतमा अपारदर्शी ढङ्गबाट निजी क्षेत्रसँग सम्झौता, भवन निर्माण कार्यको ठेक्कामा अनियमितता भएकोलगायतका विषयमा सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न नगरपालिकाले एक छानबिन समिति गठन गरी कार्य थालनी गरेको छ ।”
भेटमा नेपाल क्यान्सर रोग निवारण संस्थाका प्रतिनिधिहरूले भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको विषय निन्दनीय भएको धारणा राख्दै नगरपालिकाले व्यवस्थापन समितिसँग सल्लाह गरी त्रुटी सच्याउने अवसर प्रदान गर्नुपर्ने र सङ्क्रमणकालको समयमा भनपाले अस्पताल जोगाउन चालेको पहल सकारात्मक भएको तर नेपाल क्यान्सर रोग निवारण संस्थाका पदाधिकारीहरूसँग आवश्यक सल्लाह गरेर मात्रै नगरपालिका अगाडि बढेको भए धेरै राम्रो हुने बताउनुभयो ।
उक्त भेटमा भक्तपुर नगरपालिका वडाध्यक्षहरू र नेपाल क्यान्सर रोग निवारण संस्थाका पदाधिकारीहरू मणिध्वज जोशी, डा. राजेन्द्रप्रसाद बराल, प्रा.डा. प्रदीप वैद्य, शिवभक्त राजभण्डारी, प्रमुख सल्लाहकार दिवाकर राजकर्णिकार र अनन्तप्रसाद धौभडेललगायत उपस्थिति थियो ।
Leave a Reply