भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, ६ भदौ । ३९ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं २ नःपुखुमा हुने भएको छ । असोज २३ र २४ गते दुई दिन हुने सो सम्मेलनको आयोजक समिति शुक्रबार स्थानीय वडाबासी साहित्यप्रेमी, संस्कृतिपे्रमी, स्रष्टा र सर्वसाधारण सहयोगीको भेलाबाट गठन भएको छ ।
भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देशमा अस्तित्वमा रहेका भाषा, लिपि, कला र संस्कृति देशको अमूल्य सम्पत्ति भएको बताउनुहुँदै तिनीहरूको जगेर्ना र विकासमा राज्यले नै समुचित ध्यान दिन सक्नुपर्ने बताउनुभएको छ ।
प्रत्येक वर्ष दसैंको कौलाथ्व द्वादशी र त्रयोदशीका दिन हुँदै आएको नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) तथा सांस्कृतिक कार्यक्रमको ३९ औँ संस्करण आयोजना गर्न ग्वसाखल (आयोजक समिति) गठन गर्न आयोजित साहित्य सर्जक, साहित्यप्रेमी तथा सहयोगीहरूको भेलामा उक्त विचार व्यक्त गर्नुभएको हो ।
राज्य निकम्मा भएको देशमा सचेत जनताको जिम्मेवारी बढ्ने बताउनुहुँदै जनताको भाषा, लिपि, कला र संस्कृति जगेर्नाका लागि जनता नै लाग्नुपर्ने बताउनुभयो ।
साहित्य र कला समाज बदल्नमा प्रभावकारी ज्यावल भएको औँल्याउनुहुँदै अध्यक्ष बिजुक्छेँले माक्र्सवादी र प्रगतिशील साहित्यहरूको अध्ययन, छलफल र सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । सुनचाँदी र अरु धनसम्पति भन्दा ज्ञान, सीप, कला र संस्कृति महत्वपूर्ण भएको बताउनुहुँदै उहाँले ती सबै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्छ भन्नुभयो ।
तमुंज्याको दबु राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जनताको विचार विमर्शको निम्ति प्रख्यात बनिसकेको उल्लेख गर्नुहुँदै अध्यक्ष बिजुक्छेले ३९ औँ नेपाल भाषा साहित्य तःमुंज्या पनि उत्तिक्कै सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
भेलामा नेपाल भाषा साहित्य तःमुंज्या मु गुठी (मूल समिति) का सचिव एवं प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईले तःमुंज्या शोषित पीडित जनताको पक्षमा सिर्जिएका साहित्य र कला प्रस्तुत हुने प्रतिष्ठित दबु भएको चर्चा गर्दै यसलाई निरन्तर अगाडि बढाउन साहित्य सर्जक तथा साहित्यपे्रमीहरूको योगदान आवश्यक भएको बताउनुभयो ।
भेलामा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल, सोही समितिका पूर्व अध्यक्ष एवं पूर्व वडाध्यक्ष रविन्द्र खर्बुजा, भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, स्थानीय बुद्धिजीवीहरू राजन जति र श्यामसुन्दर मातांले पनि तःमुंज्याका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।
उक्त भेलाले ३९ औं नेपाल भाषा साहित्य तःमुंज्या सम्पन्न गर्न श्यामसुन्दर मातांको अध्यक्षतामा ३९ सदस्यीय ग्वसाखल (आयोजक समिति) गठन ग¥यो । यसपालिको तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. २ स्थित नः पुखु परिसरमा असोज २३ र २४ गते आयोजना हुने भएको छ ।
Leave a Reply