यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ७ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ९ साकोलानस्थित पुनःनिर्मित ताहा फल्चा (पाटी) शनिबार उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकासँग सम्पदा संरक्षणको लागि पर्याप्त बजेट नभए पनि जनसहभागिता र जनश्रमदानमार्फत भक्तपुरका सम्पदाहरू कम लागतमा उपभोक्ता समितिमार्फत पुनःनिर्माण र जीर्णोद्धार भइरहेको बताउनुभयो ।
भक्तपुरको ऐतिहासिक रानीपोखरी र भाजुपोखरी पुनःनिर्माण कार्य अगाडि बढिरहेको र आर्थिक वर्ष २०७६÷७७ मा पाँचतले मन्दिर जीर्णोद्धार गर्ने योजना रहेको जानकारी गराउँदै उहाँले भक्तपुर नगरपालिकाले कुनै व्यक्ति विशेषको हितलाई प्राथमिकतामा नराखी सिङ्गो समाजको हितमा काम गरिरहेको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्थाबारे प्रस्ट पार्दै उहाँले भन्नुभयो, “अस्पतालको अनियमितता रोक्न र अस्तव्यस्त हुनबाट जोगाउन नगरपालिकाले अस्पताल व्यवस्थापनको जिम्मा लिनुपरेको होे ।”
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ्ग कलेजले देशभरिका विद्यार्थीलाई सस्तोमा गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै गर्दै प्रमुख प्रजापतिले भक्तपुरको समग्र विकासले राज्यको प्रतिष्ठा बढ्ने धारणा राख्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तालाई समाजप्रति उत्तरदायी बनाउने र व्यक्तिवादी चिन्तनबाट मुक्त बनाउनुपर्ने आवश्यकता औल्याउँदै भक्तपुरका सम्पदा संरक्षणबारे पनि नयाँ पुस्तालाई अभिप्रेरित बनाउँदै लानुपर्ने बताउनुभयो ।
साविक वडा नं. ३ का पूर्व वडाध्यक्ष विष्णुबहादुर मानन्धरले ऐतिहासिक महत्व बोकेको ताहा फल्चाको इतिहासबारे प्रस्ट पार्दै सरसफाइ र विकास निर्माणका कार्यहरूमा भनपाको कार्य प्रशंसनीय छ भन्नुभयो ।
कार्यक्रममा ९ नं. वडाका प्राविधिक अर्हत् बज्राचार्यले पाटी पुनःनिर्माणको कार्य विवरण र प्रतिवेदन प्रस्तुत गर्दै पाटी पुनःनिर्माणको लागत इस्टिमेट २४,८१, ८९०।४० रहेकोमा कुल खर्च २२,४०,४७०।३४ मा पाटी पुनःनिर्माण कार्य सम्पन्न भएको जानकारी गराउनुभयो ।
कार्यक्रममा ९ नं. वडाका वडा सदस्य एवम् अनुगमन समिति संयोजक जगतलाल मानन्धर, उपभोक्ता समितिका सचिव सरिता मानन्धर, उपभोक्ता समितिका अध्यक्ष तुल्सीकाजी मानन्धर, उपभोक्ता समिति सदस्य विष्णुबहादुर मानन्धर र कोषाध्यक्ष रामकृष्ण मानन्धरले पनि बोल्नुभएको थियो ।
Leave a Reply