तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ८ भदौ । २०४५ भाद्र ९ गते राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको भत्र्सनामा नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर न.पा.वडा नं.७ चोर्चा र बुहारी समूह चोर्चाको संयुक्त आयोजना शनिबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय वैकल्पिक सदस्य एवम् प्रदेश नं.३ का सांसद सृजना संैजूले इमानदारीपूर्वक जनताको सेवा गर्ने पार्टीका नेता तथा कार्यकर्ताहरूलाई झूटा मुद्दामा फसाउन भक्तपुर काण्ड रचिएको कुरा बताउनुभयो ।
भक्तपुर काण्डमा पार्टीका नेता तथा कार्यकर्तालाई सङ्कटको समयमा महिलाहरूले उल्लेखनीय योगदान गरेको चर्चा गर्दै सच्चाइ र इमानदारिताकोे ढिलै भए पनि जीत हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिका अनिता जधारीले क्यान्सर अस्पतालमा तत्कालीन व्यवस्थापन समितिका पदाधिकारीहरूले भ्रष्टाचार र अनियमितता गरेको हुँदा नयाँ व्यवस्थापन समिति गठन भएको कुरा जानकारी गराउनुभयो । देशमा नयाँ सविधानसँगै ऐन कानुनहरू परिवर्तन भैरहेको हुँदा महिलाहरूले कानुनको कुरा बुझ्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर न.पा.७ चोर्चा एकाई समितिका अध्यक्ष नारांदेवी दुमरुको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा भनपा ७ का अध्यक्ष कृष्णगोविन्द लाखाजु, जसतारा कोजू र सलिना लाखाजु, विद्यार्थी प्रवीण लाखाले पनि बोल्नुभएको थियो ।
Leave a Reply