तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
रौतहट, ८ भदौ । नेपाल मजदुर किसान पार्टी रौतहट जिल्ला समितिको आयोजनामा शनिबार भक्तपुर काण्डको भत्र्सनामा एक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् रौतहट जिल्ला अध्यक्ष दिनेशप्रसाद साहले भक्तपुर काण्ड नेमकिपाले पञ्चायतभित्र पसेर पनि देश र जनताको सेवा गर्दा तिर्मिराएका पञ्चायती शासकहरूले रचेको राज्यस्तरको षड्यन्त्र भएको बताउनुभयो ।
प्रतिक्रियावादी शासक वर्गले कामदार जनताको विरुद्ध जहिले पनि त्यस्ता षड्यन्त्र गर्नसक्ने खतरा रहेको औंल्याउँदै उहाँले सचेत र सजग रहनुपर्ने बताउनुभयो ।
नेमकिपा रौतहटका सदस्य लालबाबु चौधरीले शासक दलका नेतृत्वमा हिजोकै भ्रष्ट र जनविरोधीहरू भएकाले स्थानीय तहहरूमा समेत अचाक्ली भ्रष्टाचार भइरहेको र तिनीहरूकै कारण गणतन्त्र र लोकतन्त्र खतरामा परेको बताउनुभयो ।
अर्का सदस्य बिन्दु राययादवले शिक्षाको जिम्मेवारी स्थानीय तहको जिम्मामा आउनु सिद्धान्ततः राम्रो भए पनि भ्रष्ट शासक र जनप्रतिनिधिका कारण शिक्षाको स्तर खस्कँदै गएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला सदस्य रविन्द्र यादवले जातीय र धार्मिक साम्प्रदायिकताविरुद्ध जनतालाई सचेत पार्न नसकेसम्म शासकहरूले जनतालाई भ्रममा राखी फाइदा उठाइरहनेछन् भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका गिन्तीलाल साह र हरेन्द्र राययादव स्वामीले पनि नेमकिपाको सिद्धान्तनिष्ठ र इमानदार चरित्रलाई जनतामाझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply