नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
हालसालै संरा अमेरिकामा मानिसको ज्यान लिने संहारकारी गोली काण्डहरू भए । संरा अमेरिका र अन्तर्राष्ट्रिय समुदायले ती घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे । सन् २०१९ को अगस्ट ३ मा टेक्सासको इल पासोमा प्याट्रिक क्रुस्युस नामको एक जना बन्दुकधारीले एके–४७ राइफल चलाउँदै त्यहाँको एउटा व्यस्त वालमार्ट स्टोरमा गोलीको वर्षा गर्दा कम्तीमा २२ मानिस मारिए, २० भन्दा बढी मानिस घाइते भए । धेरै सङ्ख्यामा बार, रेस्टुराँ र थियटरहरू भएको ओहायो प्रान्तको डेटनमा अगस्ट ४ को बिहान सखारै अपराधको निकै कारुणिक दृश्य देखियो । ककेसियाका कोन्नोर बेट्स नामको २४ वर्षका एक जना युवकले एआर–१५–मोडेलको राइफलले बजारमा हिंड्दै गरेको बटुवामाथि गोलीको वर्षा गरे । एक सय वटा गोली भएको बन्दुकबाट त्यहाँ ९ मानिस मारिनुका साथै २७ जना घाइते बनाइए । यी दुई गोली काण्डले संरा अमेरिकामा बन्दुकको सार्वजनिक व्यापकताको गम्भीर परिणाम फेरि एकपल्ट उदाङ्गिएको छ । यी घटनाले संरा अमेरिकी राजनीतिक र सामाजिक प्रणालीभित्रको गहिरो सङ्कट प्रतिविम्बित गरेको छ । साथै मानवअधिकारबारे संरा अमेरिकी पाखण्डी चरित्र उजागर गरेको छ ।
संरा अमेरिकामा बन्दुकको सार्वजनिक व्यापकता र बन्दुक हिंसाको गम्भीर समस्या
संरा अमेरिकामा संसारकै सबभन्दा धेरै निजी स्वामित्वका बन्दुक छन् । अहिले नै निकै ठूलो यो सङ्ख्या अझ लगातार बढिरहेको छ । त्यहाँका सन् २००० मा २५ करोड ९० लाख बन्दुक व्यक्तिको स्वामित्वमा थियो । आजसम्म त व्यक्तिको स्वामित्वमा रहेको बन्दुकको सङ्ख्या त्यहाँको जनसङ्ख्या भन्दा बढी भइसकेको छ । गोलअप नामको एउटा संस्थाले सन् २०११ मा गरेको एउटा सर्वेक्षणले संरा अमेरिका ४७ प्रतिशत वयस्कहरूले आफूसँग बन्दुक भएको बताएका थिए । संरा अमेरिकाको दक्षिणी भागमा त ५४ प्रतिशत वयस्कले यस्तो जवाफ दिएका थिए । एकातिर हिंसाको त्रासले नै आत्मरक्षाको लागि आफ्नो नाममा बन्दुक किन्न मानिसलाई हौस्याएको छ । अर्कोतिर, बन्दुकको बढ्दो व्यापकता हिंसात्मक अपराधको एउटा महत्वपूर्ण कारण बनेको छ । संरा अमेरिकाभरि नै व्यक्तिको स्वामित्वमा ठूलो सङ्ख्यामा बन्दुक भएकोले गोली काण्डहरू लगातार भइरहेका छन् । गोली काण्डका कारण घाइते र मर्नेहरूको सङ्ख्या पनि निकै बढिरहेको छ । संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सन् २०१४ मा जारी गरेको प्रतिवेदनअनुसार विद्यालयमा धेरै झगडा हुने गरेको कारण संरा अमेरिकाका झन्डै २ लाखदेखि २ लाख ५० हजार स्कूले विद्यार्थीहरू हतियार बोकेर विद्यालय जान्छन् । कुनै न कुनै आक्रामण भोगिसकेका ८.६ प्रतिशत विद्यार्थीहरू र हालसम्म कुनै पनि आक्रमणमा नपरेका ४.६ प्रतिशत विद्यार्थीहरू विद्यालय जाँदा साथमा हतियार बोकेर जाने गरेका छन् । 
बन्दुकको व्यापकताले बन्दुक हिंसाको घटना बढ्नु अवश्यम्भावी छ । संरा अमेरिका संसारमै सबभन्दा बढी बन्दुक हिंसा हुने देश हो । सन् २०१८ मा मात्र संरा अमेरिकामा ५७ हजार १०३ त्यस्ता हिंसा भएका थिए । ती हिंसामा परी १४ हजार ७१७ जना मानिसले ज्यान गुमाउनुप¥यो भने २८ हजार १७२ जना घाइते भए । तीमध्ये ३ हजार ५०२ जना मारिने र घाइते हुनेहरू बालबालिका थिए । द हफिङ्टन पोस्ट वेभसाइटले सन् २०१८ को डिसेम्बर ६ मा प्रकाशित एक समाचारअनुसार सन् २००० देखि २०१६ सम्म बन्दुक हिंसाका कारण भएका मृत्युको औपचारिक विश्लेषण गर्दा बन्दुक हिंसाले संरा अमेरिकी जनताको औसत आयु झण्डै २.५ वर्षले घटेको छ । अफ्रिकी–अमेरिकीहरूको औसत आयु बन्दुक हत्याको कारण ४.१४ वर्षले घटेको छ । बारम्बार भइरहने यस्ता गोली काण्डले संरा अमेरिकामा मारिने र घाइते हुनेहरूको सङ्ख्या बढ्दो छ । सार्वजनिक सुरक्षाको सबभन्दा प्रमुख चुनौती भनेको नै हिंसात्मक सर्वसाधारण लक्षित गोली काण्ड भइसकेको छ । बन्दुक हिंसाले संरा अमेरिकामा मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको छ । विशेषतः संरा अमेरिकी जनताको जीवनको अधिकारमाथि हमला भएको छ ।
संरा अमेरिकामा बन्दुक हिंसा लामो समयदेखिको नसुल्झिएको समस्या हो । संरा अमेरिकामा अप्राकृतिक कारणले हुने मृत्युमध्ये सवारी दुर्घटनापछि गोली काण्ड नै दोस्रो प्रमुख अप्राकृतिक मृत्युको कारण भएको तथ्याङ्कले देखाएको छ । संरा अमेरिकाको सङ्घीय अनुसन्धान व्युरो
(एफबीआई) ले सन् २०१६ को उत्तरार्धमा जारी गरेको युनिफर्म क्राइम रिपोर्टअनुसार ७१.५ प्रतिशत हत्या, ४०.८ प्रतिशत डकैती, २४.२ प्रतिशत गम्भीर हिंसात्मक हमलाका घटनामा बन्दुकको प्रयोग हुने गरेको छ । सन् १९७२ यता संरा अमेरिकामा प्रतिदिन औसतमा ८० जनाभन्दा बढी, जसमा झन्डै १२ जना बालबालिका बन्दुक हमलामा परी मारिने गरेका छन् । संरा अमेरिकामा जतिको संसारका कुनै पनि विकसित देशले आफ्नो सरहदभित्र बन्दुक हिंसाको घटना देखेको छैन । संसारको कुल जनसङ्ख्याको ५ प्रतिशत मात्र संरा अमेरिकामा बस्छन् । तथापि सार्वजनिक स्थलमा संसारभर हुने कूल गोली काण्डमध्ये संरा अमेरिकामा मात्र ३१ प्रतिशत हुने गरेको छ ।
बरोबर भइरहने हिंसात्मक गोली काण्ड संरा अमेरिकाको विशेषता बनेको छ ।
संरा अमेरिकामा हुने गम्भीर गोली काण्ड संसारभरका विभिन्न मिडियाको मूलसमाचार बन्ने गरेका छन् । सिनेमा र विद्यालयजस्ता धेरै मानिस हुने सार्वजनिक थलोमा हुने गोली काण्डले धेरै मानिसलाई हताहत बनाएको हुन्छ । सन् २०१७ को अक्टोबर १ को साँझपख लस भेगासको मण्डलाय बे होटेलको ३२ औं तल्लामा ६४ वर्षका एक जना ककेसियन स्टेफन प्याडोकले जथाभावी राइफल चलाए । त्यसको तल खुला स्थानमा साङ्गीतिक कार्यक्रम भइरहेको थियो । २० हजारभन्दा बढी मानिस त्यो कार्यक्रममा सहभागी थिए । १०–१५ मिनेटसम्म गोली चलिरह्यो । झण्डै ६० मानिस मारिए । ५ सत्न्दा बढी मानिस घाइते भए । आधुनिक अमेरिकी इतिहासकै सबभन्दा खतरनाक घटना थियो । सो घटनापछि प्रहरीले गोली हान्नेको होटेलको कोठा र घरमा गरी ४२ वटा बन्दुक, हजारौं गोली र विस्फोटक पदार्थ बरामद ग¥यो ।
खण्ड–२ संरा अमेरिकामा बन्दुकको व्यापकताको संस्थागत कारण
बन्दुक हिंसा संरा अमेरिकी जीवनको गम्भीर खतरा भए पनि संरा अमेरिकाले यो समस्या अझै पनि समाधान गर्न सकेको छैन । बन्दुक हिंसा संरा अमेरिकाको लामो समयदेखिकै समस्या बनेको छ । विभिन्न कारणले यो समस्या संरा अमेरिकाको विशेष सामाजिक र राजनीतिक व्यवस्थासँग प्रत्यक्ष रूपमा सम्बन्धित छ ।
१) संरा अमेरिकाको जडसुत्रीय संवैधानिक प्रावधानले बन्दुकमाथि रोक लगाउन असम्भव भएको छ ।
संरा अमेरिकाको संविधानको दोस्रो संशोधनमा लेखिएको छ, “एउटा स्वतन्त्र राज्यको सुरक्षाको लागि आवश्यक व्यवस्थित मिलिसियाको रूपमा हतियार राख्न पाउने मानिसको अधिकारलाई कसैले खोस्न सक्दैन ।” संरा अमेरिकी संविधानमा सन् १७९१ मा यो संशोधन गरिएको थियो । त्यत्तिबेलाको परिस्थितिमा यो संशोधनले अमेरिकी जनताको भावना प्रतिबिम्बित गथ्र्यो । अमेरिकी स्वतन्त्रता आन्दोलनमार्फत संरा अमेरिकाले भर्खरै मात्र बेलायतबाट स्वतन्त्रता प्राप्त गरेको थियो । केही हदसम्म त्यसले अमेरिकी जनताको आवश्यकता पूरा गरिदिएको थियो । त्यत्तिबेला उत्तर अमेरिकाका १३ वटै राज्यका अधिकांश मानिसले बन्दुक बोकेको हुन्थ्यो । बेलायती उपनिवेशवादी शासकहरूविरुद्ध लड्नकै लागि उनीहरूले बन्दुक बोक्ने गर्थे । मूलतः स्वतन्त्रता लडाकूहरू सम्मिलित महादेशीय सेना स्थापना गरी अन्ततः स्वतन्त्रता हासिल गर्नु नै उनीहरूको मूल ध्येय थियो । इतिहासको त्यो विशेष अनुभवले संरा अमेरिकी जनतालाई बन्दुक राख्नुलाई आफ्नो आधारभूत अधिकारको रूपमा विश्वास गर्ने बनाइदियो । यो प्रावधानले त्यहाँको राजनीतिमा प्रमुख प्रभाव पारेको छ । संरा अमेरिकामा संविधानअनुसार नै हतियार राख्न पाउने नागरिक अधिकारको रक्षा गरिएका ४४ वटा राज्यहरू छन् ।
तथापि, बन्दुकको बढ्दो सङ्ख्या र सहरीकरणका कारण बढ्दो जनसङ्ख्याको घनत्वले व्यक्तिको नाममा भएका बन्दुकको नकारात्मक प्रभाव प्रष्ट हुँदै गएको छ । संसारका विभिन्न देशहरूको अनुभवले सार्वजनिक सुरक्षाको लागि व्यक्तिको स्वामित्वका हुने हतियार हितकारी नहुने देखाएको छ । व्यक्तिको हातमा रहेका बन्दुकको व्यापकता बन्दुक हिंसासँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । त्यसले ठूलो सङ्ख्यामा अपराध बढाउनुका साथै मर्ने र घाइते हुनेको सङ्ख्या पनि बढाउने छ । त्यसैकारण धेरै देशले व्यक्तिको नाममा बन्दुक दिने विषयलाई निकै कडाइ गरेको छ । संरा अमेरिकी संविधानअनुसार बन्दुक राख्न पाउने अधिकार आधुनिक समाजको आवश्यकतासँग मेल खाँदैन । वास्तवमा धेरै वर्षअघि संरा अमेरिकी समाजले व्यक्तिको स्वामित्वमा हुने बन्दुकको नकारात्मक प्रभाव र बन्दुकको व्यापकताले निम्त्याउने खतरा महसुस गरेको थियो । संविधान संशोधन गरी व्यक्तिको नाममा बन्दुक राख्ने प्रावधान खारेज गर्ने सम्भावनाबारे छलफल पनि चलेको थियो । दुर्भाग्यवश, संरा अमेरिकी संविधानको संशोधन गर्नु ज्यादै कठिन, जटिल र समय लाग्ने कार्य थियो । संरा अमेरिकामा व्याप्त बन्दुक संस्कृतिका कारण ठूलो सङ्ख्यामा बन्दुक राख्नेहरू र शक्तिशाली स्वार्थ समूहले त्यहाँ व्यक्तिलाई बन्दुक राख्न दिनुपर्ने विषयलाई समर्थन जनाए । फलतः संरा अमेरिकी संविधानमा संशोधन गरी व्यक्तिको हातमा बन्दुक राख्न नपाउने व्यवस्था गर्न प्रयास सफल हुने सम्भावना न्यून रह्यो ।
व्यक्तिको स्वामित्वमा हतियार राख्न संवैधानिक रोक लगाउने अर्को सम्भावित बाटो भनेको सम्बन्धित संवैधानिक प्रावधानको पुनव्र्याख्या गर्न संरा अमेरिकी सर्वोच्च अदालतलाई आग्रह गर्नु हो । संरा अमेरिकी इतिहासमा त्यहाँको सर्वोच्च अदालतले समयको आवश्यकता पूरा गर्न धेरैपटक संविधानका प्रावधानको पुनव्र्याख्या गरेको छ । संरा अमेरिकी समाजमा अमेरिकी संविधानको दोस्रो संशोधनको सधैं दुई भिन्न भिन्न व्याख्या हुँदै आएको छ । एउटा कोणले दोस्रो संशोधनले नागरिकको व्यक्तिगत अधिकारको रक्षा गर्ने व्याख्या गर्छ । अर्काेले यसले राज्यको सामूहिक अधिकारको रक्षा गर्नेमा व्याख्या गर्छ किनभने यो धाराको ‘मिलिसिया’ शब्दले सामूहिक लडाकू दलको अर्थ दिन्छ । बन्दुकबारे अघिल्लो छलफलमा उदारपन्थीहरूले सामूहिक अधिकारको सिद्धान्तलाई बन्दुक नियन्त्रणको आफ्नो सैद्धान्तिक आधार मानेको थियो । बन्दुकको व्यापकता नियन्त्रण गर्न संरा अमेरिकी सर्वोच्च अदालतले सो व्याख्या स्वीकार्ने आशा गरिएको थियो । बिडम्बना, सन् २००८ को जुनमा संरा अमेरिकी सर्वोच्च अदालतले हेरेर मुद्दामा गरेको फैसलाले उदारपन्थीहरूको विश्वास पूरै ध्वस्त बनाइदिएको थियो । सो मुद्दाको फैसलामा संरा अमेरिकी सर्वोच्च अदालतले हतियार राख्नु वा बोक्नु मानिसको ‘प्राकृतिक’ अधिकार भएको भन्दै नागरिकलाई हतियार राख्ने र प्रयोग गर्ने अधिकार भएको उल्लेख छ । सो फैसलाले स्थानीय सरकारले बन्दुकमाथि नियन्त्रण गर्नु पनि असंवैधानिक भएको फैसला ग¥यो । सन् २०१० को जुनमा संरा अमेरिकी सर्वोच्च अदालतले सङ्घीय र स्थानीय कानुनसमेतमा लागू हुने गरी व्यक्तिले बन्दुक राख्न पाउने स्वतन्त्रतासम्बन्धी संरा अमेरिकी संविधानको दोस्रो संशोधनसम्बन्धी थप फैसला ग¥यो । सो फैसलाले संरा अमेरिकाभरि व्यक्तिलाई बन्दुक राख्ने अधिकार विस्तार ग¥यो । संरा अमेरिकी सर्वोच्च अदालतका यी दुई फैसलालले संवैधानिक प्रावधानको समयानुसार भिन्न व्याख्या गरेर व्यक्तिले बन्दुक राख्न पाउने अधिकारमाथि रोक लगाउने सम्भावना पनि पूर्णतः रोकियो ।
(चिनियाँ मानवअधिकार अध्ययन समाजले अगस्ट २४, २०१९ मा जारी गरेको संरा अमेरिकामा बन्दुक हिंसा र त्यसले मानवअधिकारमा पारेको प्रभावसम्बन्धी आलेख । सो आलेखको शीर्षक ‘संरा अमेरिकामा लामो समयदेखि नसुल्झिएको बन्दुक हिंसाले त्यहाँको मानवअधिकारमाथि गम्भीर खतरा निम्त्याएको छ’ राखिएको छ ।)
अनुवादः अनिता
Leave a Reply