भर्खरै :

सूर्यविनायकमा भक्तपुर काण्डको भत्र्सना

भक्तपुर, ११ भदौ । नेपाल मजदुर किसान पार्टी, सूर्यविनायक नगर समितिले नगरका विभिन्न वडाहरूमा पार्टी कार्यकर्ता तथा समर्थकहरूको भेला गरी भक्तपुर काण्डको भत्र्सना कार्यक्रम सुरू गरेको छ ।
मङ्गलबार कटुञ्जेमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले पुँजीवादी शासकहरूले राज्यसत्ता सजिलै नछोड्ने र जनतामाथि फेरि भक्तपुर काण्डमा जस्तै दमनचक्र चलाउन सक्ने बताउनुभयो ।
उहाँले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरूद्ध लड्ने नेमकिपाविरूद्ध फेरि षड्यन्त्र नहोला भन्न नसकिने विचार राख्नुभयो । नेमकिपाका कार्यकर्ताहरूको त्याग र बलिदानबाट देशमा पञ्चायती निरङ्कुश व्यवस्थाको अन्त भएको भन्दै जनताको विजय निश्चित भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा, सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले नेमकिपाले अगाडि बढाएको भ्रष्टाचारविरोधी आन्दोलन, किसान आन्दोलनको कारण नेमकिपा पञ्चायती व्यवस्थाको आँखी भएको भन्दै पञ्चायती व्यवस्था आफूले खनेको खाल्डोमा आफै खसेको धारणा राख्नुभयो ।
नेमकिपा, सूर्यविनायक नगर समितिका अध्यक्ष महेन्द्र बखुञ्छेको सभापतित्वमा भएको कार्यक्रममा नगर समितिका सदस्य श्याम विसुञ्खे र वडा समितिका सचिव राजेन्द्र बखुन्छेले पनि आफ्नो विचार राख्नुभएको थियो ।
अछाममा कालो दिनको भत्र्सना
अछाम, ११ भदौ । पञ्चायती राज्यस्तरबाट नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट पार्न रचिएको भक्तपुर काण्डको भत्र्सनामा नेमकिपा अछाम जिल्ला समितिको आयोजनामा गैरीटाँडमा कार्यकर्ता भेला भयो । कार्यक्रममा बोल्नुहुँदै नेमकिपा अछाम जिल्ला समितिका अध्यक्ष झङ्करबहादुर शाहीले पञ्चायतकालीन दमनको सामना गरेको नेमकिपाले आगामी दिनमा पनि पुँजीवादी शासक दलको विभिन्न थरी दमनको सामना गर्नुपर्ने बताउनुभयो । उहाँले विचार र सिद्धान्तप्रतिको प्रतिबद्धता नै नेमकिपाको शक्ति भएको भन्नुहुँदै नेमकिपाको विचारलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने बताउनुभयो । कार्यक्रममा रणबहादुर शाही, रामबहादुर शाही, सुशिलबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *