नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
संरा अमेरिकाले सिरियामाथि हमला गरेको केही दिनभित्रै उसको एउटा नौसैनिक टोली कोरियाली प्रायःद्विप नजिक पश्चिमी प्रशान्त महासागरतर्फ अघि बढ्ने तयारी गरिरहेको संरा अमेरिकाका एक अधिकारीले रोयटर्स समाचार संस्थालाई बताएको छ । कार्ल भिनसन नामको सो नौसैनिक टोली सिंगापुर हुँदै कोरियाली प्रायःद्विपतर्फ अघि बढ्नेछ । सो टोलीसँग एउटा विमान बोक्ने र उडाउन मिल्ने पानीजहाज पनि छ ।
सञ्चारमाध्यमसँग बोल्ने अधिकार नपाएका संरा अमेरिकाका ती अधिकारीले भने,‘त्यहाँहाम्रो उपस्थिति बढाउन आवश्यक भएको हामीले महसुस गरेका छौं ।’
शनिबार ढिला संरा अमेरिकी नौसेनाको तेस्रो टोलीले जारी गरेको वक्तव्यमा आफ्नो हमला टोली उत्तरतिर गएको जनाएको छ तर त्यसको गन्तव्यको विषयमा वक्तव्य मौन छ ।
ती नौसैनिक पानीजहाजहरु विगतमा घोषणा गरिएअनुसार अस्ट्रिलियाका तटमा नभई पश्चिम प्रशान्त क्षेत्रमा काम गर्ने वक्तव्यमा भनिएको छ । ्
ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले उत्तर कोरियाका आणविक तथा मिसाइल कार्यक्रममाथि नियन्त्रण गर्न संरा अमेरिकासँग भएका विकल्पहरुमाथि पुनरावलोकन गर्ने काम सम्पन्न गरिसकेको छ ।
त्यसअन्तर्गत मूलतः आर्थिक तथा सैनिक दबाबलाई जोड दिने तर धेरै मात्रामा नाकाबन्दी गर्ने र चीनमाथि दबाब दिने कामलाई जोड दिने बताइएको छ ।
संरा अमेरिकाले सिरियामाथि गरेको हमलाको विरोधमा गएको शुक्रबार प्रजग कोरियाले अभिव्यक्ति दिएसँगै वाशिंटनले यस्तो कदम चालेको हो । प्योङयाङले सिरियामाथिको हमलालाई ‘अक्षम्य हमला’ भन्ने संज्ञा दिएको थियो । सिरियामाथिको हमलाबाट उसले आफूले आणविक हतियार विकासको कामलाई सही प्रमाणित गरेको बताएको छ । ्
ट्रम्पले शुक्रबार दक्षिण कोरियाका कार्यबाहक राष्ट्रपति ह्वाङ क्यो–आन्हसँग कुराकानी भएको वक्तव्य राष्ट्रपति कार्यालयले जारी गरे पनि नौसैनिक आक्रामक समूहबारे केही बोलेको छैन ।
Leave a Reply