भर्खरै :

चालक–सहचालक ट्राफिक नियमबारे पोख्त हुनुपर्ने

भक्तपुर, १४ भदौ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ ट्रक एकाइ समितिको आयोजनामा शनिबार मजदुर भेला भयो ।
भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चालक–सहचालकहरूले ट्राफिक नियमलाई राम्रोसँग पालन गर्नुपर्ने र यात्रुहरूलाई प्राथमिकता राखेर सवारी चलाउन सुझाव दिनुभयो ।
यातायात मजदुरहरूले विभिन्न देशका मजदुर आन्दोलनबारे अध्ययन गरी राजनैतिकरूपले सचेत र सङ्गठित भई आफ्नो अधिकारको लागि सङ्घर्ष गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “सडकमा जथाभावी पार्किङ गरेर यात्रुहरुलाई अप्ठेरो हुने काम गर्नु हुन्न ।”
भारतले सीमा स्तम्भहरू उखेलेर नेपालको सीमा मिचिरहेको र सीमामा सडक निर्माण गरी नेपाली भूमि डुबानमा पारेको तथा नेपाली विस्थापित हुन बाध्य भएकोले भारतीय विस्तारवादको विरोध गर्नु आवश्यक छ, प्रमुख प्रजापतिले जोड भन्नुभयो ।
उहाँले भन्नुभयो, चालक–सहचालकहरूले कानुनी ज्ञान हासिल गर्नुपर्छ र त्यसको लागि समय–समयमा सवारी ऐनसम्बन्धी र राजनैतिक विषयमा प्रशिक्षण चलाउनुपर्छ ।”
ट्रक व्यवसायी सङ्घका पूर्वअध्यक्ष विश्वराम कवांले चालक–सहचालक सभ्य नागरिक बन्नुपर्ने आवश्यकता औँल्याउँदै मादक पदार्थ सेवनबाट चालक–सहचालक टाढा हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष महेन्द्र खायमली, नविन प्रजापति र आयोजक समितिका अध्यक्ष राधेश्याम दुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *