भर्खरै :

नेक्रायुसङ्घ चाँगुद्वारा युवा भेला सम्पन्न

भक्तपुर १४, भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड (भदौ ९) को विरोध एवम् भत्र्सना र काश्मीर समस्याबारे जानकारी दिन नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिले शनिबार प्रवचन कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोंजूले भूकम्प पीडितहरूलाई राहत वितरण गर्ने नाउँमा कर्णप्रसाद ह्योजूलाई पञ्च सरकारले बलिको बोको बनाएको चर्चा गर्दै राती नै तत्कालीन पञ्च सरकारले ह्योजूलाई मारेर नेमकिपाका नेता कार्यकर्तामाथि दोष थोपरेर षड्यन्त्र गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपालाई नष्ट गर्न रचिएको भक्तपुर काण्डकै कारण पञ्च सरकारको अन्त्य भएको हो । कामदार वर्गको विरुद्धमा लाग्नेहरूको फेरि त्यसैगरी अन्त्य हुनेछ ।”
नेक्रायुसङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाले काश्मिरी जनताको स्वतन्त्रता हनन हुने गरी भारत सरकारले गरेको हस्तक्षेप निन्दनीय रहेको र नेपाल सरकारले त्यसको विरोध गर्न नसक्नु भारतीय विस्तारवादको पिछलग्गु हुनुजस्तै रहेकोले सचेत नेपाली जनताले त्यसको विरोध गर्न जरुरी रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष राजेन्द्र साखकर्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा चाँगुनारायण नपा वडा नं ९ का जननिर्वाचित वडाअध्यक्ष गणेश त्यातले भक्तपुर काण्डको विरोध एवम् भत्र्सना गर्दै असोज ३, ४ र ५ मा हुने पार्टीको सातौँ महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न युवाहरू सक्रिय हुनु जरुरी रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *