भर्खरै :

कालो दिनको भत्र्सना

भक्तपुर, १४ भदौ । भक्तपुर काण्डको भत्र्सनास्वरूप नेपाल क्रान्तिकारी महिला सङ्घको आयोजनामा शनिबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कमलमैया सुवालले राज्य स्तरबाट रचिएको भक्तपुर काण्डको षड्यन्त्रलाई उदाङ्ग्याउन महिला दिदी–बहिनीहरूले चालेको कदम सराहनीय भएको बताउनुभयो ।
महिलाहरू राजनीतिकरूपमा सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, २०४५ मा महिला दिदी–बहिनीहरू शिक्षित नभए पनि राजनीतिक सचेतना भएको कारण काम गर्न सजिलो भएको थियो ।”
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सृजना सैंजूले नयाँ पुस्तालाई भक्तपुर काण्डबारे जानकारी दिनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “जम्मु–काश्मीरको परिस्थिति र भारतको हस्तक्षेप भोलि नेपालमा पनि हुने सम्भावना भएकोले सचेत हुनु आवश्यक छ ।”
आयोजक समितिका अध्यक्ष कृष्णप्यारी जधारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल र उपेन्द्र सुवालले पनि बोल्नुभएको थियो ।
चितवनमा पनि प्रशिक्षण कार्यक्रम
भक्तपुर काण्डबारे जानकारी दिने उद्देश्यले नेक्राविसङ्घ चितवनको आयोजनामा शनिबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालले नेमकिपाले अगाडि बढाएको किसान आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलनहरूबारे जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “तीन प्रतिशतको प्रावधान पञ्चायती मानसिकताको उपज हो । पुँजीवादी पार्टीको कमजोर मनस्थितिको कारण ३ प्रतिशतको प्रावधान लागू गरेको हो ।”
नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरूङले वर्ग शत्रुहरूले बरोबर षड्यन्त्र गरिरहने हुनाले कार्यकर्ताहरू सचेत भई अगाडि बढ्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा राजकुमार श्रेष्ठ, ज्ञानेन्द्र चेपाङ, पदम थापामगरलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *