भर्खरै :

कानुन अध्ययन समाजको पुन ः गठन

भक्तपुर, १४ भदौ । कानुन अध्ययन समाज जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा शनिबार जिल्लाका कानुन व्यवसायी एवम् कानुन विषयमा अध्ययनरत विद्यार्थीहरूको भेला भयो ।
भेलामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश ३ का सांसद सुरेन्द्रराज गोसाईले सङ्घीय र प्रदेश संसद्का बहुमत सांसदहरू कानुन तथा राजनीतिशास्त्रका विद्यार्थीहरू नभएको हुँदा संसदीय अभ्यासमा कमी आएको बताउनुभयो । संसदीय व्यवस्थामा सांसदहरू दलको प्रतिनिधित्व गरेर संसदमा प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसदहरूमा दलगत होइन व्यक्तिगत प्रवृत्ति हाबी भएको कारण संसदीय व्यवस्थाको बैठक मर्यादित नभएको उल्लेख गर्दै उहाँले राष्ट्रिय राजनीतिमा नेकपा एमाले र माओवादी एक भएको प्रचार गरिएतापनि संसदीय गतिविधिमा एक हुन नसकेको बताउनुभयो ।
सांसद गोसाईले कानुन र राजनीतिशास्त्रको ज्ञान हरेक पेशाका नागरिकहरूमा हुनुपर्छ भन्नुभयो ।
समाजका केन्द्रीय अध्यक्ष रामप्रसाद प्रजापतिले देश र समाजको जटिलतासँगै कानुन व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै नागरिकता विद्येयक, गुठी विद्येयक, भूमीसम्बन्धी विद्येयकलगायतका जनसरोकारका विषयमा जनतालाई सचेत पार्ने जिम्मेवारी कानुन व्यवसायीहरूको भएको बताउनुभयो ।
आयोजक समाजका अध्यक्ष राधेश्याम सुवालको सभापतित्वमा भएको भेलामा अनिता जधारी, राजु कैतीलगायतले बोल्नुभएको थियो । भेलाले राजु कैतीको अध्यक्षतामा १५ सदस्यीय कानुन अध्ययन समाज भक्तपुर जिल्ला समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *