भर्खरै :

चारमहिने जापानी भाषा तालिम उद्घाटन कार्यक्रम

भक्तपुर, १५ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन हुने चारमहिने आधारभूत तहको जापानी भाषा तालिमको आइतबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले आफूले सिकेको शिक्षा र सीप समाज र देशको हितको निम्ति प्रयोग गर्नुपर्ने र कम समयमा बढी ज्ञान हासिल गर्न सुझाव दिनुभयो ।
भाषा सिकाइ आफैमा गा¥हो विषय भएको र निरन्तर अध्ययनले जस्तोसुकै गा¥हो र जटिल विषय पनि सरल बन्दै जाने धारणा उहाँले राख्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारका विषयबारे सत्यतथ्य पत्ता लगाउन भक्तपुर नगरपालिकाद्वारा गठित छानबिन समितिले गम्भीरतापूर्वक अध्ययन गरिरहेको बताउँदै उहाँले भक्तपुर भ्रष्टाचारविरोधी इतिहास बोकेको ठाउँ भएको र यहाँ हुने अनियमितता र भ्रष्टाचारविरूद्ध निरन्तर सङ्घर्षरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा संरक्षण र संवद्र्धन गर्न पर्खाल निर्माण गरेको प्रस्ट पार्दैै उहाँले त्यस जग्गालाई अधिकत्तम जनताको हितको निम्ति प्रयोग गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगर कला र संस्कृतिको खुला सङ्ग्रहालयको रूपमा रहेको चर्चा गर्दै भक्तपुरमा विदेशी पर्यटकहरूको आवागमन वृद्धि भएको कारण नगरपालिकाले विभिन्न भाषाका तालिमहरूको प्रशिक्षण कक्षा सञ्चालन गरिरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्थाबारे अवगत गराउँदै नगरवासी युवाहरूको उज्ज्वल भविष्यको निम्ति सीपमूलक र रोजगारमूलक तालिमहरू सञ्चालनमा जोड दिइरहेकोे बताउनुभयो ।
कार्यक्रममा जापानी भाषा तालिमका प्रशिक्षकद्वय अमिर लिबी र कमलकेशरी खर्बुजाले कक्षामा नियमित उपस्थिति हुनुपर्ने, भाषा सिक्ने रहरले भन्दा सिक्ने भावनाको विकास गर्नुपर्ने र भाषाको माध्यमबाट आफ्नो देशको संस्कृतिबारे विदेशीलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाद्वारा सञ्चालन हुने जापानी भाषा तालिममा ८६ जना प्रशिक्षार्थीहरू छनोट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *