के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
गौरव प्रधान
माक्र्सवाद, लेनिनवाद र माओ त्सेतु· विचारधारालाई देश, काल र परिस्थितिअनुसार नेपालमा लागू गर्ने नेमकिपाको उद्देश्य हो । माक्र्सवाद र लेनिनवादी नीतिअनुसार कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार प्रचारप्रसार गरेर जनतालाई सुसूचित पार्नु प्रत्येक कम्युनिस्ट पार्टीको कर्तव्य हो, त्यो कर्तव्य नेमकिपाले पूरा गरिरहेको छ ।
नेमकिपाले पुँजीवाद र समाजवादबीच हुने भेदबारे केलाउँदै अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गरिरहेको छ । आफूलाई कम्युनिस्ट भन्ने तर कम्युनिस्ट सिद्धान्त र विचारविपरीत पुँजीवादी राजनीति गर्ने दलका उत्ताउला विचार र गतिविधिको विरोध पनि नेमकिपाले गरिरहेको छ । वर्ग शत्रु खुसी पार्ने कुनै दलको विरोध गर्नु कम्युनिस्टको जिम्मेदारी हो । त्यो जिम्मेवारी नेमकिपाले पूरा गरिरहेको छ ।
नेमकिपा बहुमत जनताको पक्षमा राजनीति गर्छ । शोषित पीडित, उत्पीडित जनताको पक्षमा नेमकिपाले सङ्घर्ष गरिरहेको हो । देश र जनताको सेवा गर्ने भावनाले नै नेमकिपाले स्थापना कालदेखि राजनीति गरिरहेको हो । संसदीय माध्यमबाट समाजवाद स्थापना हुन्छ भन्ने पक्षमा नेमकिपा छैन । नेमकिपाले जहिल्यै आत्मसमर्पणवाद, वामपन्थी तथा दक्षिणपन्थी अवसरवादको विरोध गर्दै आइरहेको हो ।
यो पार्टीले दलगत र व्यक्तिगत स्वार्थमा जोड दिंदैन । पार्टीको जिम्मेवारी पूरा गर्न नेता कार्यकर्तालाई प्रशिक्षित पार्छ । पार्टीको आदेश एवं निर्देशनमा रहेर काम गर्न जोड गर्छ । जातीय र साम्प्रदायिक राजनीति नेमकिपाले गरेको छैन । नेमकिपा पार्टी अनुशासनमा जोड दिन्छ । पार्टी नेता र कार्यकर्तालाई मात्र होइन सर्वसाधारण जनतालाई पनि राजनीतिकरूपले सुसूचित पार्छ । घूस नखान, भ्रष्टाचार नगर्न, अनियमितता नगर्न, असल तथा चरित्र निर्माण गर्न पार्टीले प्रशिक्षित गर्छ । ज्यादा मादक पदार्थ सेवन गरेर आफ्नो इञ्जत र प्रतिष्ठामा आँच नपु¥याउन, जुवा तास नखेल्न, कुनै पनि आपराधिक क्रियाकलापमा संलग्न नहुन पार्टीले खबरदारी गरिरहेको हुन्छ । तडकभडक नदेखाउन, कसैले गल्ती गरेमा तुरुन्तै सच्याउन आलोचना र आत्मालोचना गर्न पनि पार्टीले जोड दिइरहेको छ ।
समाजमा व्याप्त रुढीवाद र अन्धविश्वास चिर्दै सांस्कृतिक स्तर उठाउने, नागरिक भावनाको विकास गर्ने र गोप्यता भ· गर्न नहुनेबारे पनि पार्टीले सचेत पार्दै आएको छ । पार्टी सदस्यहरूमाझ मात्र होइन सर्वसाधारण जनतामाझ पनि सद्व्यवहार गर्न, सादा जीवन र उच्च विचार अपनाउन पार्टीले सचेत पार्दै आएको छ । सोही पार्टीको असोज ३ देखि ५ गतेसम्म सातौं अधिवेशन भक्तपुरमा हुन गइरहेको छ । अधिवेशनको तयारीको क्रम सुरु भएको छ । जिल्ला जिल्लामा पार्टी तथा जनवर्गीय स·ठनको बैठक चालू भइरहेको छ । राजनीतिक कक्षा भइरहेको छ । नेता तथा कार्यकर्ताहरू अधिवेशन सफल पार्न जुटिरहेका छन् ।
Leave a Reply