भर्खरै :

जुम्लामा विद्यार्थी र मजदुर सम्मेलन

जुम्ला, २१ भदौ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १५ औँ र नेपाल क्रान्तिकारी मजदुर सङ्घको तेस्रो जुम्ला जिल्ला सम्मेलन शुक्रबार जुम्ला बजारमा सम्पन्न भयो ।
सम्मेलनको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य काफ्लेले समाजवादका विभिन्न प्रकारबारे चर्चा गर्दै नेमकिपा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्ष गरिरहेको बताउनुभयो ।
उहाँले उत्पादनका साधनको सामाजिकीकरण, व्यक्तित्व विकासमा समान अवसर, सबैलाई निःशुल्क र अनिवार्य शिक्षा र निःशुल्क स्वास्थ्य सेवा नै समाजवादको विशेषता भएको बताउनुभयो ।
सैद्धान्तिक र राजनीतिकरूपमा सचेत र सङ्गठित कामदार जनताले नै समाजवादी आन्दोलनका अग्रदस्ता हुने उहाँले प्रस्ट पार्नुभयो ।
नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष शिवलाल डाँगीले युवा विद्यार्थीहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा सचेत हुनुपर्ने बताउँदै पुँजीवादी दलका विद्यार्थी सङ्गठनहरूलाई राजनीतिलाई पनि व्यापारको विषय बनाएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा जुम्ला जिल्ला समितिका पूर्वअध्यक्ष धनबहादुर थापा, नेपाल क्रान्तिकारी शिक्षक सङ्घका दीर्घबहादुर शाही, विर्ख राउत, लालबहादुर बुढा, नरबहादुर खत्री, विर्ख सार्की, भीमबहादुर सार्की, राज्यश्वरी न्यौपाने, गोविन्द शाहीलगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सम्मेलनबाट गोरखजङ्ग शाहीको अध्यक्षतामा नेक्राविसङ्घ जुम्ला जिल्ला समिति र हर्षबहादुर बोहराको अध्यक्षतामा नेक्रामजदुरसङ्घ जुम्ला जिल्ला समितिको गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *