अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २१ भदौ । चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको देवी माविमा शुक्रबार कृष्ण बासुकला र सङ्घर्ष बासुकलाको २७ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सभा भयो ।
२०४९ भदौ २० गते देवी माविको भवन निर्माणको लागि डाँडा पन्छाउने क्रममा ढिस्को खसेर विद्यालयका शिक्षक कृष्ण बासुकला र छात्र सङ्घर्ष बासुकलाको निधन भएको थियो । त्यसयता विद्यालयले हरेक वर्ष भदौ २० गते कृष्ण–सङ्घर्ष स्मृति दिवसको रूपमा विविध गतिविधि गर्दै आएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले शिक्षक र विद्यार्थी नै शिक्षा विकासका प्रमुख अङ्ग भएकाले मेहनती, इमानदार र लगनशील विद्यार्थी र शिक्षकबाट गुणस्तरीय शिक्षा सम्भव भएको बताउनुभयो ।
उहाँले गुणस्तरीय शिक्षाको लागि पुस्तकालय, विज्ञान प्रयोगशाला र खेलमैदान अपरिहार्य भएको चर्चा गर्दै विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित राख्न नहुने बताउनुभयो ।
उहाँले हरेक विद्यार्थीलाई विभिन्न भाषाको ज्ञानका साथै देश र विदेशको परिस्थितिबारे जानकारी दिनुपर्ने बताउनुभयो ।
चाँगुनारायण नपा वडा नं ९ का वडाध्यक्ष गणेश त्यातले विद्यालय निर्माणको निम्ति जीवन त्याग्ने कृष्ण बासुकला र सङ्घर्ष बासुकला भावी पुस्ताको निम्ति प्रेरक हुने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम छुकांले अक्षय कोषको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
स्मृतिसभामा एकबहादुर खत्री, कृष्णराम बासुकला, घनश्याम खड्कालगायतले बोल्नुभएको थियो ।
Leave a Reply