सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
कञ्चनपुर, २४ भदौ (रासस) : भारतको हिमाचलमा बेचिएका दाङ तुलसीपुर उपमहानगरपालिका बिजौरी घर भएका १४ वर्षीय विशाल चौधरीको उद्धार गरिएको छ । हिमाचलस्थित शिमलाको पुजालीबाट सञ्चारकर्मी दीपेन्द्र बस्नेत र सामाजिक अभियन्ता अमर बिष्टको सक्रियतामा चौधरीको सकुशल उद्धार गरिएको हो ।
भारतको लखनऊका गौरव श्रीवास्तवको सहयोगमा विशालको उद्धार गरी नेपाल ल्याउन लागेको सञ्चारकर्मी बस्नेतले राससलाई बताउनुभयो । मानव ओसारपसार गर्ने गिरोहको जालमा परेर एक महीनाअघि विशाल हिमाचल पुगेका थिए । उहाँले भन्नुभयो, “मानव ओसारपसार गर्नेहरुविरुद्ध कारवाहीका लागि सम्बन्धित निकायसँग पहलका लागि आग्रह गरिनेछ ।”
Leave a Reply