भर्खरै :

उपत्यकाव्यापी हिज्जे प्रतियोगिता सम्पन्न

भक्तपुर, २५ भदौ । एभरेष्ट स्कूल भक्तपुरको आयोजनामा भएको आठौँ एभरेष्ट इन्टर स्कूल हिज्जे प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालय प्रथम भएको छ ।
बुधबार भएको उपत्यकाव्यापी हिज्जे प्रतियोगितामा भक्तपुरकै सल्लाघारीस्थित सैनिक आवासीय माध्यमिक विद्यालय दोस्रो हुन सफल भएको छ । प्रतियोगितामा विद्या संस्कार स्कूल तृतीय हुन सफल भएको छ ।
प्रतियोगिताका विजयी स्कूल तथा विद्यार्थीलाई ख्वप कलेज भक्तपुरका प्राचार्य रुपक जोशीले एक कार्यक्रमबीच शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा स्कूलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रतियोगिताले विद्यार्थीको विकासमा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा उपत्यकाका विभिन्न १३ वटा स्कूलको सहभागिता रहेको स्कूलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *