शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
भक्तपुर, २५ भदौ । बासु माध्यमिक विद्यालयमा कृषिअन्तर्गत बालीविज्ञान र कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा तहमा भर्ना भएका नयाँ विद्यार्थीको अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले विद्यार्थी प्रविधिको विकासले मानिसलाई विस्तारै असामाजिक बनाउँदै लगेको बताउनुभयो । सामाजिक सञ्जाल आफै असामाजिक सञ्जाल भइरहेकोमा युवा पुस्ता सचेत हुनुपर्ने भन्दै अध्यक्ष गोसाईले आफ्नो योग्यता स्वदेशकै निम्ति उपयोग गर्ने भावना आवश्यक भएको बताउनुभयो ।
उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र र हरेक घरमा एक जना स्नातक बनाउने नेमकिपाको अह्वानअनुसार भक्तपुरमा विद्यालय तथा कलेजहरूले मेहनतसाथ काम गरिरहेको चर्चा गर्दै स्थानीय ज्ञान र सीपको अनुसन्धान गरी परिमार्जन गर्नुपर्ने विचार राख्नुभयो । उहाँले देशको आवश्यकताअनुसारको विकास कार्यक्रमको आवश्यकता भएको उल्लेख गर्दै सबभन्दा पहिले विद्यार्थीले देशलाई पढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले देशमा भूमिसुधारको कानुन लागू गर्न नेमकिपाले सकारात्मक भूमिका खेलेकै कारण किसानको आर्थिक स्थितिमा परिवर्तन आएको भन्दै भनपाले शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा सक्दो बढी लगानी गरेको बताउनुभयो ।
नेपाल इन्जिनियरिङ समाजका केन्द्रीय अध्यक्ष रवीन्द्र फोंजूले सूचना र प्रविधिमा अगाडि रहेको देश नै अबको शक्तिशाली देश हुने भन्दै प्रविधिमार्फत धनी देशले सूचनाको दुरुपयोगसमेत गरिरहेको उल्लेख गर्नुभयो ।
भौतिकशास्त्रमा हालै कोरियाबाट विद्यावारिधि सकाएका डा. ओमकृष्ण सुवालले समाज सुहाउँदो र समाजको आवश्यकताअनुसारको प्रविधिको विकास आवश्यक भएको बताउनुभयो ।
विद्यालयका प्राचार्य अम्बिका न्याइच्याईको सभापतित्वमा भएको कार्यक्रममा सहायक प्राचार्य रविलाल प्रधान, कृषि (बाली विज्ञान) का इन्चार्ज सविन ख्याजू, कम्प्युटर इन्जिनियरिङका इन्चार्ज आषिस दुमरुलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply