भर्खरै :

शिक्षकहरू महाधिवेशन प्रचारमा

भक्तपुर, २६ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनलाई सफल बनाउन नेपाल क्रान्तिकारी शिक्षक सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा चाँगुनारायण नगरपालिकाको उत्तर पश्चिम भेगका शिक्षकहरुको भेला बिहीबार सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष न्हुछेभक्त फोँजूले पार्टीको महाधिवेशन र महाविधेशनको महत्वबारे जनतालाई बुझाउन शिक्षकहरुबीच छलफल कार्यक्रम चलाउनु सान्दर्भिक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टी महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रम तय गर्नेछ र केन्द्रीय नेतृत्व चयन गर्ने छ ।”
भक्तपुर क्यान्सर अस्पतालमा भएको भ्रष्टाचार र अनियमितताविरुद्घ भक्तपुर नगरपालिकाको अस्पताल सञ्चालनको जिम्मेवारी लिनु उचित छ, उहाँले भन्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतूले नेमकिपाकै अगुवाइमा भएको सङ्घर्षले भक्तपुरमा किसानहरूको मोहियानी हक सुरक्षित भएको हो भन्नुभयो ।
बासु कलेजका प्राचार्य अम्बिका न्याइच्याईले शिक्षकहरु बौद्घिक वर्गका भएकोले नेमकिपाले अङ्गालेको नीति तथा कार्यक्रमबारे अध्ययन गरी जनतालाई बुझाउने गर्नुपर्दछ भन्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ चाँगुनारायण नपाका सचिव इन्द्रबहादुर फोँजू, विक्रम ढुकुछू, सूर्यबहादुर फोजू र जयराम दाहालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *