भर्खरै :

जुम्लामा सातौँ महाधिवेशनको तयारी

जुम्ला, २७ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको तयारीमा शुक्रबार नेमकिपा जुम्ला जिल्ला समितिको आयोजनामा कार्यकर्ता भेला भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले नेमकिपाको सातौँ महाधिवेशनले कार्यकर्तामा नयाँ जोश र जाँगर थप्ने विश्वास व्यक्त गर्नुभयो ।
नेमकिपा सत्ताको लुछाचुँडीमा कहिल्यै नअल्मलिएको भन्दै केन्द्रीय सदस्य काफ्लेले पार्टी सानो वा ठूलो सङ्ख्याको आधारमा निर्धारण नहुने बताउनुभयो । सङ्ख्यामा सानो भए पनि नेमकिपाले इमानदारीपूर्वक देश र जनताको सेवा गरिरहेको प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले भारतीय एकाधिकार पुँजीविरुद्ध नेमकिपाले गाउँ–गाउँमा जनतालाई उठाउन खोजिरहेको धारणा राख्नुभयो । उहाँले सातौँ महाधिवेशन नेमकिपाको सिद्धान्त, नीति र कार्यक्रमको प्रचार अभियान भएको प्रस्ट पार्दै किसान र मजदुरकै भरमा नेमकिपाको महाधिवेशन सम्पन्न हुने विचार राख्नुभयो ।
नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष शिवलाल डाँगीले गाउँ–गाउँका जनताले नेमकिपाको महाधिवेशनको सफलताको कामना गरिरहेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका कार्यकर्ताहरूले आ–आफ्ना क्षेत्रका गतिविधिबारे जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *