भक्तपुर, २७ भदौ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर मिनिबस सेवा कर्मचारी एकाइ समितिको छैटौँ वार्षिक सभा तथा रुपान्तरित ख्वप भक्तपुर मिनिबस यातायात कर्मचारी एकाइ समितिको प्रथम सभा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सभासद् सुरेन्द्रराज गोसाईले नेपालको सार्वभौमिकता रक्षाको लागि नेमकिपाले स्थापनाकालदेखि सङ्घर्ष गर्दै आएको चर्चा गर्दै जनताको प्रजातन्त्र हुँदै समाजवाद र वैज्ञानिक साम्यवादसम्म पुग्ने नेमकिपाको दीर्घकालीन लक्ष्य भएको बताउनुभयो ।
शिवराम त्वानाबासूको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्रामजदुुर सङ्घका उपेन्द्र सुवाल, ज्ञानेन्द्र महर्जन, बलराम त्वानाबासू, रामकाजी भुजू, गणेशप्रसाद लोहला, शिव सितिखू, युवककुमार खत्रीलगायतले बोल्नुभएको थियो ।
सभाले शिवराम त्वानाबासूको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।