अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
काठमाडौँ, २७ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकको खुकुलो प्रावधानको कारण नेपाल सिक्किमको स्थितिमा पुग्ने खतरा औँल्याउनुभयो ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा नागरिकता विधेयक, २०७५ माथिको छलफलमा सांसद सुवालले चालू चौथो अधिवेशनमै नागरिकता विधेयक पेश गर्ने नाममा विदेशीले पनि नेपाली नागरिकता पाउने प्रावधान राख्न नहुनेतर्फ समितिको ध्यानाकर्षण गराउनुभयो ।
नागरिकता विधेयक देशको सार्वभौमिकतासँग जोडिन्छ । चालू अधिवेशनमा पेश गर्ने नाममा विधेयक नेपाललाई सिक्किमजस्तो बनाउने लेख्न मिल्छ र ? भन्ने प्रश्न राख्दै सांसद सुवालले भन्नुभयो, “संविधान संशोधन गर्नु परे पनि देशघाती प्रावधान हटाएरमात्र नागरिकता विधेयक अघि बढाउनुपर्छ ।”
समितिमा नागरिकता विधेयक विचाराधीन रहेको १२ महिना भयो । संविधान निर्माणकै बेला नेपाली नागरिकता बस र सिनेमाको टिकटजस्तै वितरण गर्न नहुने नेमकिपाले जोड दिएको हो । एमाले, माओवादी र नेकाकै कारण संविधानमा नागरिकतासम्बन्धी खुकुलो प्रावधान समावेश गरिएको हटाउनु आवश्यक छ ।
Leave a Reply